काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्।बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाएका छन् ।
काठमाडौँ । भातीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो ।सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमणमा जाने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् ।आगामी २१ साउनमा जापान जाने र २५ साउनमा स्वदेश फर्कने कार्यक्रम तय भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
काठमाडौँ । महिला युरोपियन च्याम्पियनसिपको पहिलो सेमिफाइनमा मंगलबार घरेलु टोली इंग्ल्यान्ड र स्विडेन प्रतिस्पर्धा गर्दैछन् ।इंग्ल्यान्डको सेफिल्डमा हुने खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ । स्विडेनबिरुद्द मैदान उत्रदै गर्दा घरेलु टोली इंग्ल्यान्ड तेस्रो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।प्रतियोगिताको दाबेदार मानिएको घरेलु टोली इंग्ल्यान्ड यसअघि दुई पटक फाइनल प्रवेश गरे पनि उपाधि भने जित्न...
काठमाडौं । विभिन्न तीन राजनीतिक दल एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजीत बुढाथोकीको नेकपा माओवादी समाजवादी आन्दोलनमा उत्रिएका हुन् ।काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएको जानकारी दिएका हुन् ।उनीहरुका अनुसार १३ साउनमा देशव्यापी कोणसभा, १५...
बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ ।जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।एक २८ वर्षीया महिलालाई गत २०७८ साल चैत १५ गते बलात्कार गरेको आरोपमा वडाध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि असार १४ गते पक्राउ गरिएको थियो ।दुबैजनालाई पुर्पक्षका...
काठमाडौं । सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।१० साउन २०७५ मा हराएकी निर्मलाको भोलिपल्ट ११ साउनमा बलात्कारपछि हत्या गरेृको अवस्थामा शव फेला परेको थियो । तर, हत्या भएको चार वर्ष पूरा भइसक्दा पनि दोषी पक्राउ पर्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।प्रतिनिधिसभाको जारी...
काठमाडौं । सिन्धुपाल्चोक, बर्दिया, रुपन्देही र सिरहामा डुबेर पाँच जनाको मृत्यु भएको छ ।सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–५ नयाँ बस्ती नजिक ईन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौतारा साँगाचोक गढी नगरपालिका–७ सानोसिरूबारी बस्ने ५० वर्षीया गोमा देबी धिताल र उनकी बहिनीको छोरा ५ वर्षीय विशेष धिताल रहेका छन् । उनीहरुको सोमबार मृत्यु भएको छ ।मेलम्ची नगरपालिका–१२...
काठमाडौँ । गाडीले ठक्कर दिएर भुइमा ढलेपछि एक व्यक्तिलाई लुटिएको छ । बाँच्नको लागि संघर्ष गर्दै भुइँमा छटपटाइरहेको बेलामा उनलाई लुटिएको हो ।न्यूयोर्क प्रहरी विभाग (एनवाईपीडी) ले दुर्घटनाको फुटेज ट्विटरमा सेयर गर्दै उक्त घटना शनिबार ब्रोन्क्समा भएको जानकारी दिएको छ । संदिग्धहरूले एक ३९ वर्षीय पुरुषलाई कारले ठक्कर दिए । त्यसपछि जबरजस्ती उसको सम्पत्ति लिन अघि बढे’ पोस्टमा भनिएको...
पर्सा । वीरगन्ज महानगरपालिका–११ श्रीपुरटोलस्थित सडकबाट एक हजार दरको ६ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहट परोहा नगरपालिका–३ बस्ने ३२ वर्षीय बिटु दुवेदी रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले दुवेदीलाई जाँच गर्दा उनको साथमा नक्कली नोट भेटिएपछि...










