झापा । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट ३ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका–२ बस्ने २७ वर्षीय रविन गुरूङ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित...
झापा । झापामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दिवारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डललाई सोमबार राति पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको प्रहरीले जनाएको छ । उक्त जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौं । अभियान लघुवित्तले १८ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । बैठक दिउँँसो ३ बजे बस्ने लागेको हो । बैठकमा एसईई नतिजाबारे छलफल हुने बोर्डका एक अधिकारीले जानकारी दिए ।परीक्षाबोर्डका अनुसार प्राविधिक रूपमा केही त्रुटि नभए नतिजा आजै सार्वजनिक गर्ने तयारी छ । स्थानीय चनुवका कारण १० दिन काम रोकिएकाले नतिजा सार्वजनिकमा ढिलाइ भएको अधिकारीहरूले बताएका छन् ।कोरोनाका कारण दुई...
काठमाडौँ । रुसले युरोपमा आपूर्ति गर्दै आएको ग्यास भारी मात्रामा कटौती गर्ने भएको छ । रुस-युक्रेन युद्ध चलिरहँदा युक्रेनको समर्थन गरेका युरोपेली देशमा रुसले पठाउँदै आएको ग्यास कटौती गर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ ।रुसको विख्यात इन्धन कम्पनी गाजप्रोमले युरोपमा पठाउँदै आएको ग्यास आपूर्ति कटौती गर्ने भएको हो । युरोपमा रुसले नर्ड स्ट्रिम पाइपलइनमार्फत ग्यास पठाउँदै आएको...
धादिङ । धादिङको निलकण्ठ नगरपालिका–४ बेसारे बेंसीघरमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । स्थानीय भरत रानाको घर पुरिँदा उनकी बुहारी शर्मिला राना मगरको मृत्यु भएको त्यहाँका वडाध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।रातिदेखि परेको पहिरोले घर पुरिँदा उनको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएकी उनको सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले शव निकालेका थिए । बाढीपहिरोले...
न्युयोर्क । विश्वास गर्नुहोस् वा नगर्नुहोस् एउटा १०० पाउन्डको सेलफिस (लामो र तिखो चुच्चो भएको समुद्री माछा) पानीबाट बाहिर निस्केर एक महिलालाई आक्रमण गरेको छ । अमेरिकाको फ्लोरिडामा माछा मार्ने डुंगामा सवार मेरील्याण्डकी ७३ वर्षीया महिलालाई सेलफिसले आफ्नो चुच्चो धसेर घाइते बनाएको हो ।मार्टिन काउन्टी शेरिफको कार्यालयको रिपोर्टअनुसार महिलालाई गत मंगलबार माछाको तिखो चुच्चोले धसेको थियो ।उनीसँग दुई जना...
काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।सोमबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९४ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । सोमबार तेजाबी सुनको मूल्य...
अंकारा । टर्कीमा रहेको एयरलाइन्स कम्पनीका एउटा उडानका परिचरले उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला परेको जनाएका छन् । सर्पको टाउको फेला परेपछि उनी त्रसित बनेका थिए । उड्डयनसम्बन्धी ब्लग वन माइल एट अ टाइमलाई इन्डिपेन्डेन्टले उद्धृत गरेअनुसार जुलाई २१ मा टर्कीको अंकाराबाट जर्मनीको डसेलडोर्फको सनएक्सप्रेसको एउटा उडानमा उक्त घटना भएको हो ।आलु र तरकारीको बीचमा सानो सर्पको टाउको...
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २१३४.१४ विन्दुमा आएको छ ।१४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २३ सय २३ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ४९ वटा कारोबार भएको हो । २१ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको मूल्य घटेको...










