काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवासहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् । उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त...
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले बल बिनाको १ सय ३५ बोरा रासायनिक मल बरामद गरेको छ । ना. ६ ख ५४८८ नम्बरको ट्रकबाट बिल बिनाको उक्त रासायनिक मल बरामद गरिएको प्रहरीले जनाएको छ ।ट्रकका चालक मकवानपुर मनोहरी गाउँपालिका–९ बस्ने २३ वर्षीय स्वदेश उप्रेतीलाई बुधबार पक्राउ गरिएको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी प्रभाग नागढुंगाबाट...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९५ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ छ । चाँदीको मूल्य...
वीरगञ्ज । प्रहरीले पर्सामा रहेको सामुदायिक वनबाट चितामा जलाइएको अवस्थामा एक किशोरीको शव नियन्त्रणमा लिएको छ। प्रहरीले पर्साको ठोरी गाउँपालिका क्षेत्रमा रहेको सामुदायिक वनबाट जलाइएको अवस्थामा किशोरीको शव नियन्त्रणमा लिएको हो।शव जिरा भवानी गाउँपालिका-१ निवासी १७ वर्षीया किशोरी सीमा कुमारीको हो। बुधबार राति नै किशोरीको शव जलाइएको थाहा पाएपछि वनमा पुगेको प्रहरीले जल्न बाँकी रहेको शवको घुँडा, हाड र...
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले एमालेका सांसदले संघीयता र गणतन्त्रविरोध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साहले एमालेका नेतृत्वले संसदमै संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्। यस्ता अभिव्यक्तिलाई निरुत्साहित र कुण्ठित गर्न सभामुख अग्निप्रसाद सापकोटासँग सांसद साहले रुलिङको माग गरे।‘विगतदेखि नै एमालेका नेतृत्वको संघीयता, धर्मनिरपेक्षता...
काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने तय भएको छ। दिउँसो साढे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले देश सञ्चारलाई जानकारी दिए।हिजो नेपाल भ्रमणमा आएका लुले आज उच्चस्तरीय भेटवार्ता गर्दै छन्। उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गर्ने...
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४७५ जना सवारी चालकलाई कारवाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने १४६, लने असुशासन पालना नगर्ने १३०, रेड लाइटको पालन नगर्ने ५३ र नम्बर प्लेट नदेखिने गरी राख्ने ४०...
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् ।गए राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान् पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्वनिर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडााडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्वनिर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल आगमी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले आगामी साउन २१ गतेदेखि २५...
काठमाडौँ । नेपालमा बाघको संख्या ३५५ पुगेको छ। आज विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक गरिएको तथ्यांकअनुसार बाघको संख्या ३५५ पुगेको हो।नेपालमा पछिल्लो ४ वर्षमा १२० बाघ थपिएका छन्। यससँगै बाघको संख्या ३५५ पुगेको हो। सन् २०१८ मा नेपालमा २३५ बाघ थिए। तथ्यांकअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन्। त्यहाँ १२८ वटा बाघ छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा...








