जनकपुरधाम । सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।शुक्रवार बिहान करिब पौने ९ बजे सर्लाहीको बरहथवा नगरपालिका १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार रौतहटको ईशनाथ नगरपालिका ५ लक्ष्मिनीया टोलका २६ वर्षीय मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना २१ प...
काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले कुकुर नियन्त्रण गर्नका लागि पोथी कुकुरलाई गर्भनिरोधक सुई लगाउने भएको छ । शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै कुकुरको संख्या बढ्न नदिनका लागि गर्भनिरोधक सुई लगाउन प्राविधिक खटाएको जानकारी दिएको हो ।थाहा नगरपालिकाका भेटेरिनरी अधिकृत राघविन्द्र मिश्रका अनुसार शुक्रबार देखि १० दिनसम्म नगरपालिकाको १२ वटै वडामा पोथी कुकुरलाई गर्भनिरोधक सुई लगाउने बताए ।‘कुकुरहरुको प्रजनन...
नुवाकोट । कोभिड-१९को चौथो लहर फैलन नदिन जिल्ला विपद् व्यवस्थापन समितिले स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।समितिले संघीय राजधानी काठमाडौंसँग जोडिएको जिल्ला भएकाले पनि कोभिड संक्रमित बढ्न सक्ने भन्दै स्वास्थ्य संस्थाहरू तयारी अवस्थामा रहनुपर्ने निष्कर्ष निकालेको हो ।जिल्लाका स्वास्थ्य संस्थाहरूमा आवश्यक सुरक्षा सामाग्री, अस्पताल शय्याहरू, जनशक्ति व्यवस्थापन, औषधि र अक्सिजनलगायत कमी हुन नदिन समितिले निर्देशन दिएको...
तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडिजिपी डा. राजु रानाले बताए।उनका अनुसार अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी विभिन्न समस्याले उपचारका लागि आउने गरेका छन् । अस्पतालमा...
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बीमा बापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।ब्युरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र...
एजेन्सी । पाकिस्तानमा लगातार वर्षा हुँदा कम्तीमा ३५७ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन् ।पाकिस्तानमा पछिल्लो पाँच सातादेखि लगातार भारी वर्षा भइरहेको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्।मानवीय क्षतिबाहेक, पूर्वाधार, सडक सञ्जाल र घरहरू पनि १४ जुनदेखिको भारी वर्षा र अचानक बाढीका कारण क्षति भएका छन्। कूल २३,७९२ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्,...
सिन्धुपाल्चोक । मुसाले विद्युतीय संरचनाका तारबार तहसनहस बनाएपछि बिहीबार साँझदेखि यहाँको आधा स्थानीय तह विद्युत्विहीन भएको छ । सिन्धुपाल्चोक जलविद्युत् वितरण केन्द्रका प्रमुख विपिन दाहालका अनुसार जलविद्युत्को सबस्टेसन कन्ट्रोल प्यानलमा छिरेको मुसाले विद्युतीय संरचना तारबारसहित अन्य सामग्रीहरु क्षतिग्रस्त बनाएको हो ।‘मुसा छिरेर भित्रैसम्म गएपछि कन्ट्रोल प्यानलमा क्षति पुगेको छ, त्यसैले बिजुली बनाउने क्रमलाई धेरै समय लाग्ने देखिएको छ ।...
नेपालगञ्ज । बाँकेमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। शुक्रबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।भेरी अस्पतालमा १२ जनाको पिसिआर जाँच गर्दा तीन जनामा कोरोना देखिएको छ। बागेश्वरी ल्याबमा एक जनामा कोरोना पुष्टि भएको छ। बाँकेमा अहिले ३९ जना कोरोना संक्रमित रहेका छन्। उनीहरू सबै होम आइसोलेसनमा रहेका छन्।उता नाकामा भारतबाट आएका व्यक्तिमा कोरोना देखिनेको संख्या बढिरहेको छ।...
काठमाडौँ । भारतको पश्चिमी राज्य राजस्थानमाप्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्तभएकोभारतीयवायुसेना (आईएएफ) का दुईविमानचालकको मृत्यु भएको छ । मि–¬२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिबपाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्ला माबिहीबार ढिलो दुर्घटनामा परेको थियो ।भारतीयवायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुका प्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूसँग...
काठमाडौँ । शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ। जिल्लाको नरेनापुर गाउँपालिका-१ स्थित सुइया, डूडुवा गाउँपालिका-१ स्थित खडैचा, जानकी गाउँपालिका- १ स्थित शिउपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको परामर्श केन्द्रबाट उनीहरूको उद्धार भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए।उद्धार गरिएकामध्ये बाँकेका ३२, बर्दियाका ३२, दाङका २८, सुर्खेतका...









