Thursday, October 8, 2026
Home समाचार ४ वर्षमा थपिए १२० बाघ

४ वर्षमा थपिए १२० बाघ

93

काठमाडौँ । नेपालमा बाघको संख्या ३५५ पुगेको छ। आज विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक गरिएको तथ्यांकअनुसार बाघको संख्या ३५५ पुगेको हो।

नेपालमा पछिल्लो ४ वर्षमा १२० बाघ थपिएका छन्। यससँगै बाघको संख्या ३५५ पुगेको हो। सन् २०१८ मा नेपालमा २३५ बाघ थिए। तथ्यांकअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन्। त्यहाँ १२८ वटा बाघ छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका छन्।