टिपरको ठक्करबाट एक जनाको मृत्यु

37

जनकपुरधाम । सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

शुक्रवार बिहान करिब पौने ९ बजे सर्लाहीको बरहथवा नगरपालिका १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार रौतहटको ईशनाथ नगरपालिका ५ लक्ष्मिनीया टोलका २६ वर्षीय मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साहको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए।

टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानियहरुले विरोध गरेपछि तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन्। ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।