Sunday, September 27, 2026
Home सूचना प्रविधि कोरोना रोकथामका लागि तयार रहन निर्देशन

कोरोना रोकथामका लागि तयार रहन निर्देशन

51

नुवाकोट । कोभिड-१९को चौथो लहर फैलन नदिन जिल्ला विपद् व्यवस्थापन समितिले स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

समितिले संघीय राजधानी काठमाडौंसँग जोडिएको जिल्ला भएकाले पनि कोभिड संक्रमित बढ्न सक्ने भन्दै स्वास्थ्य संस्थाहरू तयारी अवस्थामा रहनुपर्ने निष्कर्ष निकालेको हो ।जिल्लाका स्वास्थ्य संस्थाहरूमा आवश्यक सुरक्षा सामाग्री, अस्पताल शय्याहरू, जनशक्ति व्यवस्थापन, औषधि र अक्सिजनलगायत कमी हुन नदिन समितिले निर्देशन दिएको छ ।

हालैका दिनमा कोभिड-१९ संक्रमितहरूको संख्या बढिरहेकाले यसको रोकथामका लागि अपनाउनुपर्ने विशेष स्वास्थ्य सतर्कता सम्बन्धी कार्य गर्न भनिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नाारायणप्रसाद रिसालले बताए । कोभिडको चौथो लहरबाट बच्नका लागि नुवाकोटका १२ वटै नगर तथा पालिकालाई सतर्कता सम्बन्धी कार्यहरू गर्न निर्देशन दिइएको छ ।