पाँच जना विद्यार्थीमा कोरोना पुष्टि

28

मुगु । पछिल्लो समय मुलुकभर पुनः कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेका छन् । यसैबीच हिमाली जिल्ला मुगुमा पनि कोरोना संक्रमितहरु देखिन थालेका छन् । जिल्लमको मुगुमकार्मारोङ गाउँपालिकास्थित एक विद्यालयमा अध्ययनरत पाँच जना विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएको हो ।

मुगमकार्मारोङ गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक बलिराज बुढाका अनुसार श्री नेपाल राष्ट्रिय आधारभूत आावासीय बिद्यालय तामाकामा अध्यानरत पाँच जना विद्यार्थीहरुमा कोरोना देखिएको हो । टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएपछि ८ जना विद्यार्थीहरुको कोरोना परीक्षण गरिएको थियो, जसमध्ये पाँच जनामा संक्रमण देखिएको हो ।

पाँच जना विद्यार्थीमै कोरोना पुष्टि भएपछि रोकथाम तथा न्यूनीकरणको तत्काल ब्यवस्था गर्नका लागि गाउँपालिकासँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकृत खड्क बहादुर रोकायाले जानकारी दिए ।