Home Blog Page 807
काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पाँच दलीय गठबन्धन सरकारको हुती नभएको भन्दै भर नपर्न आग्रह गरेका छन्।आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले काठमाडौंको फोहोर ७१ दिनदेखि नउठ्दा संकट बढ्दै गएको बताए।‘काठमाडौंका मेयर बालेन शाहलाई आग्रह, ठोस प्रस्तावसहित एमालेसँग सहकार्य गर्न आउनुस्’, उनले भने, ‘हुती नभएको यो सरकारसँग भर नपर्नुस्। एमालेसँग त्यो भिजन...
नयाँ दिल्ली । भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो ।प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा...
सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । मेसिनमा च्यापिएर रहेको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम दुनै लैजाने तयारी गरिएको चौकीका...
मुगु । एक सातादेखि अविरल परेको वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिम खत्याड गाउँपालिका र सोरु गाउपालिकाका का सयाैँ राेपनी धानखेत बगरमा परिणत भएका छन् । अत्यधिक वर्षाका कारण रारा तालबाट निस्किने खत्याड खोला र अन्य सहायक खोलाहरू पानीको बहाव कर्णाली नदिको बहाव क्षेत्र बढदै गई ढुंगा, काठका ठूलाठूला मुडा बगाएर ल्याएपछि सयौँ रोपनी धानबाली नष्ट गरेको हो ।बाढीले...
सुर्खेत । कर्णाली प्रदेश,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  वीरबहादुर शाहीले पद तथा गाेपनीयताकाे शपथग्रहण गर्दैछन् । उनी गत बिहीबार मन्त्री बनेका थिए ।यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी...
काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बेलायतबाट  ‘माइती आँगन’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको गीतमा मन्जु खनालका शब्द सिर्जना रहेको छ । जसमा प्रदीप श्रेष्ठको एरेन्ज छ । किशोर थापाको मिक्सिङ, भरत रेग्मीको कलरिङ रहेको गीतको भिडियोको निर्देशन निर्देशक कुशल श्रेष्ठले गरेका हुन् ।आधुनिकशैलीका गीतमा...
काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका हुन् ।विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएपछि नेतृत्व खाली थियो । लामो समयसम्म पार्टीको अध्यक्ष खाली भएपछि मिश्रले आफ्नै नेतृत्वमा पार्टी निर्वाचन आयोगमा दर्ता...
काठमाडौँ । भारतका चर्चित सेयर व्यावसायी राकेश झुनझुनवालाको निधन भएको छ।६२ वर्षका झुनझुनवालाको मुम्बईको ब्रिच केन्डी अस्पतालमा आइतबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सेयर मार्केटमा लगानी गरेर पैसा कमाएमा झुनझुनवालालाई भारतका वारेन बफेट पनि भनिन्थ्यो। पछिल्लो समय उनले आकाश एयर नामको एयरलाइन्स कम्पनी खोलेका थिए। उक्त कम्पनीले अगस्ट महिनाको सुरूदेखि भारतीय आकाशमा उडान भर्न थालेको थियो।सन् १९६०...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कहिल्यै पनि नातावाद र क्रिपावादमा उम्मेदवार नछान्ने बताएका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवापत्नी आरजु राणातर्फ लक्षित गर्दै उनले भने ‘मेरो श्रीमतीको पनि डबल डिग्री छ। उनी नेपाल राष्ट्र बैंककी पूर्वकर्मचारी हुन् तर म राजनीतिमा ल्याउदिनँ। नातावाद र क्रिपावाद हुने काम हुँदैन।’उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि...
गोरखा । गोरखा पालुङटार नगरपालिका-५ धरम पानीमा बस्ने ३५ वर्षीय बुद्धि विकको हत्या भएको छ।ठाँटी पोखरीमा भएको रोपाईं जात्रा हेरेर फर्कने क्रममा शनिबार राति १० बजेतिर उनलाई कुटपिट गरी हत्या गरेकाे प्रहरीले जनाएको छ ।घटनामा संलग्न भएको आशंकामा स्थानीय तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए।