Monday, September 28, 2026
Home राजनीति मेरी श्रीमतीको पनि डबल डिग्री भए पनि राजनीतिमा ल्याउदिनँ : ओली

मेरी श्रीमतीको पनि डबल डिग्री भए पनि राजनीतिमा ल्याउदिनँ : ओली

44

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कहिल्यै पनि नातावाद र क्रिपावादमा उम्मेदवार नछान्ने बताएका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवापत्नी आरजु राणातर्फ लक्षित गर्दै उनले भने ‘मेरो श्रीमतीको पनि डबल डिग्री छ। उनी नेपाल राष्ट्र बैंककी पूर्वकर्मचारी हुन् तर म राजनीतिमा ल्याउदिनँ। नातावाद र क्रिपावाद हुने काम हुँदैन।’

उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा महिलालाई ३३ प्रतिशत पुर्‍याउने कार्यमा आफू प्रतिवद्धत रहेको बताए। उनले जित्न सक्ने स्थानमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने र नजित्ने अवस्था भएमा समानुपातिकबाट भएपनि ३३ प्रतिशत महिलाको सहभागिता गराउने बताए।

यस्तै उनले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै भने,‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु, ‘म देशका लागि समर्पित छु।’