Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय भारतका चर्चित सेयर व्यावसायी राकेशको निधन

भारतका चर्चित सेयर व्यावसायी राकेशको निधन

73

काठमाडौँ । भारतका चर्चित सेयर व्यावसायी राकेश झुनझुनवालाको निधन भएको छ।

६२ वर्षका झुनझुनवालाको मुम्बईको ब्रिच केन्डी अस्पतालमा आइतबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सेयर मार्केटमा लगानी गरेर पैसा कमाएमा झुनझुनवालालाई भारतका वारेन बफेट पनि भनिन्थ्यो। पछिल्लो समय उनले आकाश एयर नामको एयरलाइन्स कम्पनी खोलेका थिए। उक्त कम्पनीले अगस्ट महिनाको सुरूदेखि भारतीय आकाशमा उडान भर्न थालेको थियो।

सन् १९६० मा हैदरावादमा जन्मिएका झुनझुनवालाले सेयर मार्केटमा लगानी गरेर आफ्नो सम्पत्ति बढाएका थिए। उनको सम्पत्ति अहिले ५.८ अर्ब डलर छ। झुनझुनवालाको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दु:ख व्यक्त गरेका छन्।