Thursday, July 2, 2026
Home Blog Page 802
सिरहा । सिरहाको लहान नगरपालिका–१ स्थित सडकबाट करिब ९० केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामा छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्सको पछाडी बिरामी राख्ने स्थानमा उक्त परिमाणको गाँजा भेटिएको प्रहरीले...
काठमाडौं । काठमाडौं, उदयपुर र झापा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–६ महाँकाल ओरालोबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने पर्सा वीरगन्ज महानगरपालिका–२९ रतनपुर घर भएका २७ वर्षीय सञ्जय आलम छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी वृत्त बौद्धबाट...
इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सेप्टेम्बरमा स्वदेश फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल(एन) का एक अधिकारीले यस्तो जानकारी दिएका हुन् ।जिओ न्युजका अनुसार पीएमएल–एन पन्जाब प्रवक्ता तथा संघीय मन्त्री जाभेद लातिफले स्वदेश फर्किउपछि उनलाई जेल चलान नगर्ने बताएका छन् ।‘डाक्टरहरू ले समयसँगै आफ्नो विचार परिवर्तन गर्छन् । जनता उनका डाक्टरहरू हुन् । राष्ट्रले नवाज शरीफ फिर्ता...
काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ...
काठमाडौं । प्रतिनिधिसभाले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरेको छ ।प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।पारितअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । अर्थ समितिको सुझावसहित उक्त विधेयक पारित भएको हो ।
काठमाडौं । पछिल्लो दुई वर्षमा नेपालमा विभिन्न देशबाट पौने पाँच अर्ब रुपैयाँको मेडिकल भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा उक्त मुल्य बराबरको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपालमा भित्रिएको हो ।कोरोना महामारी सुरु भएपछि नेपालमा ठूलो संख्यामा भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर भित्रिएको देखिन्छ । बितेको दुई वर्षमा ४ अर्ब ७७ करोड...
काठमाडौं । नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा.  बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ ।पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा। भट्टराई नेतृत्वको नेपाल समाजवादीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।गौतम र भट्टराईको...
काठमाडौँ  ।  यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक न्युरोलोजिस्ट सोमबार न्युयोर्क सहरको जेलमा मृत फेला परेका छन् । डा. रिकार्डो क्रुसियानी रिकर्स टापुको जेलको नुहाउने क्षेत्रमा मृत फेला परेका थिए ।उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो । उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन । तर, आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।क्रुसियानीलाई न्युयोर्क शहर, फिलाडेल्फिया र न्यु...
बाँके । जिल्लाको जानकी गाँउपालिका-१ पञ्चपोखरा ईलाकाबाट सशस्त्र प्रहरीले करीब १० लाख रुपियाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सोमबार सशस्त्र प्रहरीले बरामद गरेको हो ।यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त यार्सागुम्बा सोही ठाउँमा छाडेर भागेका थिए ।बरामद गरिएको यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन...
काठमाडौं । पिपुल्स पावर कम्पनीको मंगलबार ३१ साउनमा कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो ।यो मध्ये १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।...