अवैध लागूऔषधसहित चार जना पक्राउ  

26
काठमाडौं । काठमाडौं, उदयपुर र झापा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ महाँकाल ओरालोबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने पर्सा वीरगन्ज महानगरपालिका–२९ रतनपुर घर भएका २७ वर्षीय सञ्जय आलम छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले आलमलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १ केजी ४ सय ग्राम गाँजाको धुलोसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–१२ बस्ने २२ वर्षीय सुजन स्याङतान रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ पुलचोक बेल्टारबाट करिब २ केजी ५ ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५४ वर्षीय मंगल बहादुर विश्वकर्मा छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडिबाट १ ग्राम ८ सय मिलिग्राम खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ पेल्टिमारी बस्ने ३३ वर्षीय सत्य नारायण याख्खा छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।