काठमाडाैं । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गाैतम निर्वाचन आयाेगकाे कार्यालय पुगेका छन् । मंगलबार दिउँसाे आयाेगकाे कार्यालय पुगेका उनले माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेकाे र यसैकाे प्रक्रिया बारे बिषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गाैतमले आगामी निर्वाचनमा माओवादी केन्द्रकाे चुनाव चिन्ह हसिया हताैडा लिएर...
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको छ ।मंगलबार बसेको गठबन्धन बैठकमा राष्ट्रपतिबाट फिर्ता आएको उक्त विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सहमति भएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव सन्देशसहित विधेयक फिर्ता पठाएको जानकारी मंगलबार संसद बैठकलाई जानकारीसमेत दिइएको...
खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरलका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पताल दिक्तेलमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायत लक्षण देखिएकाे भन्दै बिरामीहरू आइरहेका छन् ।जिल्ला अस्पतालको ओपिडिमा आइतबार र बुधबार एक सय ६० जना आएकाे जिल्ला अस्पताल खोटाङका डा. पुष्कल राईले बताए । अन्य दिन कम्तीमा एक सय बिरामी...
काठमाडौं । उदयपुरको कटारी नगरपालिका–८ कुरिङभञ्याङमा आज टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा टिपरमा सवार स्थानीय ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगर रहेका छन् । घाइते भएका ४० वर्षीय चन्द्र बहादुर मगरको कटारी अस्पतालमा उपचार भइरहेको छ । कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा...
बारा । बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।आज बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडीको चक्काले किचेको थियो । ...
काठमाडौँ । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार गठबन्धनको बैठक बसेको थियो । बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको हो।१५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक सोमबार प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन्...
सल्यान । तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । रावतले मादक पदार्थ सेवन (मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएका छन् । इलाका प्रहरी...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पेस गरिएको छ। मंगलवारको प्रतिनिधि सभाको बैठकमा सभामुखको अनुमतिपछि प्रतिनिधिसभाका सचिव करविरनाथ योगीले राष्ट्रपतिका तर्फबाट सचिव यादवप्रसाद कोईरालाले पठाएको उक्त पत्र पढेर सुनाएका हुन्।पत्रमा साउन ६ गते नै पारित भएर सभामुखबाट प्रमाणित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक संशोधन हुनु वाञ्छनीय भएको भन्दै सन्देशसहित फिर्ता पठाउने...
काठमाडौं । गायिका स्मिता घिमिरेको निधन भएको छ । तीन वर्षदेखि क्यान्सरबाट पीडित घिमिरेको सोमबार राति ललितपुर हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएसँगै उनी थप समस्यासँग जुध्दै अगाडी बढेकी थिइन् ।केही महिना...
सर्लाही । रहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको ३६ लाख रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय बिशाल खत्री रहेका छन् ।उनीहरुको साथबाट २३३ ग्राम २८० मिलिग्राम तौल बराबरको एक थान सुनको सिक्री र...










