Thursday, July 2, 2026
Home Blog Page 803
काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराती भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छी...
काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । राजनीतिक दलहरु र शाहबीच काठमाडौं फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।‘काठमाडौंका मेयर बालेन शाह केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौति हो । त्यसवारे...
बुटवल । बुटवलस्थित एक होटलमा बास बसेका एकजोडी मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका ३६ वर्षका सिताराम भुजेल र दाङको सतवरीया घर भएकी ३३ वर्षकी पुष्पा बुढाथोेकी मृत फेला परेका हुन् ।बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको भूपु सैनिक स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए ।सोमबार बिहान कोठामा...
फिदिम । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक वयस्क पुरुष पक्राउ परेका छन् । फिदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई ४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।शनिबार राति बालिकालाई ललाईफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्। प्रहरीले सो घटनाको बिषयमा लिएर थप अनुसन्धान भईरहेको जनाएको...
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको छ । गत आइतबार राती जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि जि.प्र.का कार्यालयले सुचना जारी गरेर सो खण्डमा रातको समयमा दुई पाङग्रे सवारी सञ्चालमा रोक लगाएको हो ।सो घटनालाई लिएर स्थानीयबासीले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिए पछि प्रशासनले रातको समयमा मोटरसाइकल...
काठमाडौं । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आजवाट समाप्त हुदैँछ । ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सीमा आजवाट समाप्त हुन लागेको हो ।सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा...
ताइपेय । चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो ।एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमण गरेकी थिइन् । भ्रमणको विरोधमा चीनले यस्तै अभ्यास गरेको थियो । म्यासाचुसेट्सका सिनेटर एड मार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति साई...
पोखरा । राष्ट्रपति बिद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ। विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा  गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको हो ।मंगलवारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमवार नै पोखरा पुगेकी थिइन । सोमवार दिनभर भेटघाटमा ब्यस्त राष्ट्रपतिले अन्नपुर्ण केबलकारको निरिक्षणसमेत गरेकी...
काठमाडौं । बेलायतको औषधि नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । बेलायती नियामक निकायले स्वीकृत गरेको यो पहिलो ‘बाइभ्यालेन्ट’ कोभिड–१९ खोप हो।उक्त निकायका प्रमुख कार्यकारी जुन राइनले क्लिनिकल परीक्षणको तथ्यांकले यसले मूल भाइरस र ओमिक्रोनविरुद्ध ‘बलियो प्रतिरक्षा प्रतिक्रिया’ लाई प्रेरित गरेको देखाए पछि अतिरिक्त प्रयोगका लागि स्विकृत प्रदान गर्ने निर्णय...
काठमाडौं । कमल थापा नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको नेपालको केन्द्रिय कार्य समितीको बैठक आज पनि बस्नेछ । अध्यक्ष कमल थापाले प्रस्तुत गरेको बर्तमान राजनितीक परिस्थिति तथा भाबी कार्यदिशा सम्बन्धमा कार्यपत्रका बारेमा बाँकी केन्द्रिय सदस्य तथा पदाधिकारीहरुले आज पनि धारणा राख्ने छन् ।जारी बैठकमा महामन्त्री भाष्कर भद्राले पेश गरेको सचिवालय सम्बन्धि प्रतिबेदन, महामन्त्री सुशील श्रेष्ठको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा...