Tuesday, June 30, 2026
Home Blog Page 766
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले बढ्दै एक...
काठमाडौं । जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमामा पारी पीडितबाट १३ लाख रुपैयाँ लिई...
झापा । झापामा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार पक्राउ गरेको छ ।गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको...
बारा : बारा कांग्रेसले निर्वाचन क्षेत्र ४ (क) को लागि एकै परिवारका तीनजनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फ सिफारिश भएका छविलाल शर्माकी श्रीमती गीता शर्मा तथा बहिनी मीना शर्मा (ढकाल) समानुपातिकतर्फ सिफारिस भएका हुन्। बारा क्षेत्र नम्बर ४ (क) का क्षेत्रीय सभापति सुमनकुमार भट्टराईले कार्यकर्ताको मन राख्नकै लागि मापदण्डलाई बेवास्ता गरेको स्वीकार गरे। प्रदेशसभा क्षेत्रीय कार्यसमिति बाराको शनिबारको बैठकले...
कराची : पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ।बाढीमा परेर झण्डै एक हजार तीन सयजनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका तीन करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको हो।संघीय योजनामन्त्री अहसान इकबालले निरन्तरको वर्षासँगै आएको बाढीले तीन करोड ३० लाख...
काठमाडौं : लोक तथा दोहोरी गायक अमृत भारती ‘मेलो बाबा र मेलो बाबा २’ सार्वजनिक भएको छ। भारती पिक्चर्सको नयाँ प्रस्तुति (छानु मेलो बाबा २) मा उनकै शब्द र संगीत रहेको छ। गीतमा रामकुमार नेपाली र शान्ति श्री परियारको स्वर, रहेको छ। भने, सागर लम्साल ‘बले’, गीता ढुंगाना र उषा उप्रेतीको अभिनय रहेको छ।
इनरुवा : सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।हाल सोही क्षेत्रका प्रतिनिधिसभाका सांसद रहेका कार्कीलाई यो पटक पनि सिफारिस गरिएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिए।यो क्षेत्रबाट उनलाई एकलरूपमा सिफारिस गरिएको खड्काले बताए। समानुपातिक तर्फ भने डा‍.अबुल हुसेन अन्सारी, डिल्ली कार्की,...
नुवाकोट : नुवाकोटको विदुर नगरपालिका-९ का सरोज श्रेष्ठले भेट्टाएको रु तीन लाख सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन्। विदुर–९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतबार भेट्टाएको तीन लाख सात सय ५० सहितको कागजात नुवाकोट प्रहरीमार्फत सम्बन्धित धनीलाई फिर्ता गरेका हुन्। झोलामा रहेको नगदसहित रसुवा घर भएका फुर्सुङ तामाङको नाममा रहेको लु ३ च ५९१३ नं...
काठमाडौं : वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्। प्रदेश राजधानी हेटौँडामा सोमबार भएको संघीयता सवलिकरण सम्बन्धी छलफलमा बोल्दै उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारवाही प्रभावकारी बन्न नसक्ने बताएका हुन्।‘समस्या माथि छ। सिंहदरबार अधिकार दिन चाहँदैन। सिंहदरबारकै कारणले आज संघीयतामाथि...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ...