Saturday, October 3, 2026
Home राजनीति कार्की सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

कार्की सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

84

इनरुवा : सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।हाल सोही क्षेत्रका प्रतिनिधिसभाका सांसद रहेका कार्कीलाई यो पटक पनि सिफारिस गरिएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिए।यो क्षेत्रबाट उनलाई एकलरूपमा सिफारिस गरिएको खड्काले बताए। समानुपातिक तर्फ भने डा‍.अबुल हुसेन अन्सारी, डिल्ली कार्की, जमिल अख्तर अजाद मियाँ, राधिका कटुवाल, अलाउद्दीन हुसेन, इरुफान मियाँ, मीरा पोखरेल, चनरदेव मेहता र टीकाबहादुर कटुवाल सिफारिस भएका छन्।