Tuesday, June 30, 2026
Home Blog Page 765
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकका १ जना संस्थापक सेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन्। बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन्।यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ। यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन २० भदौ...
नेपालगञ्ज । नेपालगञ्जमा डेंगुका विरामी देखा परेपछि लार्भा मार्ने अभियान सुरु गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा चार जनामा डेंगु देखिएको छ। गणेशपुरमा कतै नगएका व्यक्तिलाई डेंगु देखिएपछि बसपार्क क्षेत्रबाट लार्भा मार्ने अभियान थालिएको हो।नेपालगञ्ज उपमहानगरपालिका -४ स्वास्थ्य कार्यालयको टोलीले डेंगु सार्ने एडिस जातको लामखुट्टे बस्ने टीनका डब्बा, प्लाष्टिकका बोत्तल, टायर, सिसी, ड्रममा जमेको पानी फाल्न सुरु गरेको छ। लामखुट्टेको बासस्थान...
काठमाडौं । फ्रान्सेली संसदमा रहेको फ्रान्स–नेपाल अन्तर संसदीय मैत्री समूहका सभापति ड्यानियल साल्मोन र सदस्य एन क्याथरिन लोइसियर आज नेपाल आउँदै छन् ।नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको निमन्त्रणमा उनीहरु नेपाल आउन लागेको काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ ।नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली संसदीय टोली नेपाल आउन लागेको दूतावासद्वारा आज...
जनकपुरधाम । नेपाली कांग्रेसका नेता गगन थापाको नाम सर्लाही क्षेत्र नं. ४ बाट सिफारिस भएको छ।आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेसको क्षेत्रीय बैठकबाट उनको एकल नाम सिफारिस भएको प्रदेश कमिटीका उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए।यस्तै, मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीसमेत रहेका प्रदेश उपसभापति सिंहको नाम क्षेत्र नं. ४ (क)बाट सिफारिस...
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको झापा ५ को क्षेत्रीय कमिटीले झापाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्न उम्मेदवारीका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस गरेको छ।सोमबार झापाको दमकमा बसेको क्षेत्रीय कमिटी बैठकले झापा ५ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारीका लागि ओलीको नाम सिफारिस गरेको क्षेत्रीय संयोजक तुलसी कार्कीले जनाकारी...
काठमाडौं । ‘भूल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनलाई कयौं फिल्मको अफर आइरहेको छ । हालै मात्र उनले फिल्म ‘आशिकी ३’का लागि अनुराग बसुसँग हात मिलाएका छन् । यो प्रतिक्षित फिल्ममा बलिउडका कयौं स्टारहरुको नाम आइरहेको थियो, तर अब भने यो फिल्म कार्तिकको पोल्टामा परेको छ ।कार्तिकले सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । ‘बसु...
काठमाडौं । उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छयसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई...
काठमाडौं । भारतले करिव २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् ।‘भारतीय स्थल सेनाध्यषले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको छ,’ नेपाली सेनाका...
काठमाडौं । बेलायतको प्रधामन्त्रीको रुपमा बोरिस जोनसनको उत्तराधिकारी आज (सोमवार) घोषणा हुने भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेता रहेका जोनसनले झण्डै २ महिनाअघि राजिनामा दिएपछि रिक्त सो पदमा अन्तिम चरणमा लिज ट्रस र ऋषि सुनाकबीच प्रतिस्पर्धा हुदैछ ।शुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा ८ जना उम्मेदवारी दिए पनि अन्तिममा दुईजनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो । सत्तारुढ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका छन् । सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग कुँवरलाई भेटेपछि लामिछानेले उनलाई स-सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका हुन् ।कुँवरले आफू निर्दोष रहेको भन्दै मन्त्रीलाई...