Sunday, June 28, 2026
Home Blog Page 745
काठमाडौँ । ललितपुरस्थित फूलचोकीको जंगलमा गएराति एकजना महिलाको हत्या भएको छ। ललितपुर प्रहरी परिसरका अनुसार हत्या गरिएकी ती महिलाको नाम ठेगाना खुलिसकेको छैन। प्रहरीले ती महिलाको हत्या गरेको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ। परिसरले हत्यामा संलग्न भनिएका ती पुरुषलाई सोमबारै अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाको हत्याको घटना पक्राउ परेका पुरुषले स्वीकारकाले सार्वजनिक...
काठमाडौँ । त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो जित हात पारेको छ। मधेस प्रदेशविरुद्ध सोमबार भएको पहिलो खेलमा आर्मीले ६ विकेटको जित हासिल गर्‍यो। आर्मीका अघिल्ला दुई खेल वर्षाका कारण रद्द भएका थिए। टस हारेर पहिलो ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०४ रन बनाएको थियो। जवाफमा आर्मीले उक्त लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर...
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साँध्ने र झुटो बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन् । आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिइरहेका छन् । शीर्ष नेता, सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, सञ्चार उद्यमी, पत्रकारलगायतको चरित्रमाथि प्रश्न उठाएर जबराले बयान दिइरहेका छन् । आइतबार बयान दिने क्रममा जबराले अधिवक्ता अर्यालको चरित्रमाथि प्रश्न...
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय नेविसंघ समिति विघटन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आज विज्ञप्ति निकालेर नेविसंघ त्रिवि समिति विघटन गरिएको र अब अधिवेशन गरिने बताएका छन्। उनले केन्द्रको निर्देशनविना अब नेविसंघ त्रिवि समितिले कुनै पनि विज्ञप्ति निकाल्न नपाउने पनि उल्लेख गरेका छन्। नेविसंघलाई वैधानिक ढंगले मुर्त रूप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइने पनि उनले...
काठमाडाैँ । नायिका तथा रियालसटी शाे हाेस्ट रिमा विश्वकर्माले सन्दीप लामिछाने प्रकरणमा बाेल्दै आराेप लागेकै भरमा राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गर्नु गलत रहेकाे आशय प्रकट गरेकी छन्। राष्ट्रिय क्रिकेट टिमकाे कप्तानसमेत रहेका ‍लामिछानेलाई भाद्र पाँच गते नाबालिग किशाेरीलाई बलात्कारकाे आराेप लागेपछि क्यानले निलम्बन गरेकाे थियाे। यही प्रसंगलाई जाेड्दै रिमाले प्रश्न गरेकी छन्,’आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै...
काठमााडौं । न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । कीर्तिपुरमा अस्थायी बसोबासस्थल बनाएका उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । सोही क्रममा उनीहरुमाथि प्रहरी जाइलागेको हो । उनीहरु कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका थिए । प्रहरी आन्दोलनरत किसानलाई कीर्तिपुरमा रोकेको छ ।
काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ धुनिवेशी नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेल छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।उच्च अदालत पाटन ललितपुरले विभिन्न मितिमा उनलाई ४ दिन कैद र नगद ५ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि...
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ । सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको प्रकोपबाट बच्न आफ्ना कर्मचारीलाई स्वास्थ्य टिप्स दिएको छ । उसले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीलाई डेंगुबाट बच्न विभिन्न टिप्स दिएको हो । जसअनुसार कर्मचारीहरुलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयले नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा...
किभ । युक्रेनको उत्तरपूर्वी क्षेत्र सुमीमा रहेको एउटा अस्पतालमा रुसी हवाई हमला हुँदा भवन ध्वस्त भएको र केही मानिस घाइते भएका उक्त क्षेत्रका गर्भनरले बताएका छन् । ‘रूसी उड्डयन, युक्रेनी सीमा पार नगरी, अस्पतालमा गोली चल्यो । अस्पतला परिसर ध्वस्त भएका छन । विस्फोटमा मानिस घाइते भएका छन्’ दिमित्रो झाइभयितिस्कीले भने । उक्त अस्पताल रुसको सिमानामा पर्ने भेल्याका पिसारिभका जिल्लामा रहेको...