Thursday, October 1, 2026
Home समाचार फूलचोकी जंगलमा महिलाको हत्या

फूलचोकी जंगलमा महिलाको हत्या

72

काठमाडौँ । ललितपुरस्थित फूलचोकीको जंगलमा गएराति एकजना महिलाको हत्या भएको छ।
ललितपुर प्रहरी परिसरका अनुसार हत्या गरिएकी ती महिलाको नाम ठेगाना खुलिसकेको छैन।
प्रहरीले ती महिलाको हत्या गरेको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ।
परिसरले हत्यामा संलग्न भनिएका ती पुरुषलाई सोमबारै अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ।
स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाको हत्याको घटना पक्राउ परेका पुरुषले स्वीकारकाले सार्वजनिक गर्न लागिएको हो।