Monday, June 29, 2026
Home Blog Page 746
काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ धुनिवेशी नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेल छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।उच्च अदालत पाटन ललितपुरले विभिन्न मितिमा उनलाई ४ दिन कैद र नगद ५ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि...
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ । सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको प्रकोपबाट बच्न आफ्ना कर्मचारीलाई स्वास्थ्य टिप्स दिएको छ । उसले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीलाई डेंगुबाट बच्न विभिन्न टिप्स दिएको हो । जसअनुसार कर्मचारीहरुलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयले नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा...
किभ । युक्रेनको उत्तरपूर्वी क्षेत्र सुमीमा रहेको एउटा अस्पतालमा रुसी हवाई हमला हुँदा भवन ध्वस्त भएको र केही मानिस घाइते भएका उक्त क्षेत्रका गर्भनरले बताएका छन् । ‘रूसी उड्डयन, युक्रेनी सीमा पार नगरी, अस्पतालमा गोली चल्यो । अस्पतला परिसर ध्वस्त भएका छन । विस्फोटमा मानिस घाइते भएका छन्’ दिमित्रो झाइभयितिस्कीले भने । उक्त अस्पताल रुसको सिमानामा पर्ने भेल्याका पिसारिभका जिल्लामा रहेको...
काठमाडाैँ । नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आठौँ संविधान दिवसका अवसरमा पार्टीले आगामी १ असोजमा उपत्यकामा वाकथन (पदयात्रा) आयोजना गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले संविधान जारी भएको दिन ३ असोजमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम १ असोजमा तय गरेको हो। उपत्यकाका विभिन्न...
मधुवन । बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्युभएको हो। स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा आज बिहान शव...
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ । यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ । ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।
काठमाडौँ । सुनकाे मूल्य सोमबार तोलामा ३०० रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकोमा सोमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ...
काठमाडौं । काठमाडौंको बल्खुमा आज गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका १८ ओटा टाटा सुमो जिपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ह्याण्ड ब्रेक नभएका, टायरको अवस्था ठिक नभएका लगायत सवारीको विविध यान्त्रित अवस्था ठिक नभएका १८ ओटा टाटा सुमो जीपलाई नियन्त्रणमा लिइएको हो ।होल्ड गरिएका जीपका यात्रीलाई अन्य सवारी साधनबाट गन्तव्य स्थानतर्फ पठाउन लागि आवश्यक पहल...
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो । बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर गठबन्धन जान लागेको हो । आइतबार सिट बाँडफाँटका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको एकीकृत...