काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २०औं पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् ।
डा.केसीले २०औं अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन् ।
‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २०औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई...
भक्तपुर । क्लिनिक वान भक्तपुर र चित्तपोल युवा समूहद्धारा जोरपाटी सूर्यविनायक १० भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।शिविरमा ब्लड प्रेसर तथा ब्लड सुगर परीक्षण, कान, नाक तथा घाँटीको जाँंच र महिला रोगसम्बन्धी सेवा उपलव्ध थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ डा. प्रियंका त्रिपाठी तथा कान, नाक तथा घाँटी रोग विशेषज्ञ डा. रुपक खड्काका साथै क्लिनिक वानका नर्स तथा...
ललितपुर । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले दोलखा भिमेश्वर नगरपालिका-९ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई पक्राउ गरेको छ ।
उनले ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिका-३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई...
काठमाडौँ । इस्टर्न हाइड्रोपावरको आईपीओ भर्ने २८ भदौ अन्तिम दिन रहेको छ । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
कम्पनीले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई एक सयअंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि...
काठमाडौँ । नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।
उनीहरूलाई २ थान नक्कली पेस्तोल र सोको ५ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...
काठमाडौं । वौं राष्ट्रिय खेलकुदअन्तर्गत गत बिहीबारदेखि सुरू पुरूष क्रिकेटका प्रतिस्पर्धाका अधिकांश खेल वर्षाका कारण प्रभावित भएका छन्।
प्रतिस्पर्धामा सात प्रदेश, तीन विभाग र गैरआवासीय नेपाली गरी ११ टिमले भाग लिएका छन्।
मूलपानी मैदानमा तय भएका कुनै पनि खेल वर्षाका कारण भएका छैनन् भने कीर्तिपुर मैदानमा अहिलेसम्म तीन खेल मात्र २० ओभर खेल्न सम्भव भएको छ। दुवै मैदानमा गरी...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ । सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता सुरु भएको हो ।भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ ।...
काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ । सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा पुगेको छ ।
मंगलबार प्रि-ओपन सेसनमा ८ स्टकको १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको १८० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये...
काठमाडाैँ । चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका- ६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन्।
सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
चोरी मुद्दामा अदालतबाट २०७८ चैत १४ गते उनलाई पाँच महिना कैद र पाँच हजार जरिवाना ठहर भएको थियो।
आरोपितले २०७७...
काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको जनाएको छ ।सोमबार तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार १०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै छापावाल सुन प्रतितोला ९३ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।साथै तेजाबी सुनको मूल्य तोलाकाे ९३ हजार रुपैयाँमा रहेको...









