काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले मंगलबार उच्चस्तरीय भेटवार्ता गरिरहेका छन्। उनले संसद भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका हुन्।भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ। यस्तै, उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि भेट गरेका छन्। सभामुख...
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ३० अङ्कले उकालो लागेर एक हजार नौ सय ३४ दशमलव शून्य चार अङ्कमा उक्लेको हो ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८३ अङ्ककले उकालो लागेर तीन सय ७६ दशमलव...
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समितिमा बयान सकिएको छ। मंगलबार जबरालाई सोध्न बाँकी ८ वटा प्रश्न सोधेसँगै उनको बयान सकिएको हो।समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको थियो। समितिले यसै महिनाको अन्त्यमा अध्ययन प्रतिवेदन सदनमा पेश गर्ने समिति सदस्य नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले जानकारी दिए।जबरालाई पूरक प्रश्नका लागि भने बोलाइने छ।...
काठमाडौँ । नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म ‘सायरा’ को घोषणा भएको छ । मंगलबार होटल र्याडिसनमा आयोजित एक कार्यक्रमबीच घोषणा गरिएको ‘सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुष्कर झाको निर्माण रहनेछ । पुष्करसँग नेपाली ब्यानर डीबीआर मेडिया एन्ड मुभिज र आइविल प्रोडक्सन स्ष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।भिलेज ब्वाई प्रोडक्सनमार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुष्करले नेपाली...
काठमाडौं । नेपालमा संसारका विभिन्न ५५ देशको रु दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।कूल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३ दशमलव...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका महाशाखा प्रमुखहरुले लगातारको तालाबन्दी कायम रहेमा आसन्न बडादसैँमा तलब दिन नसकिने स्थिति उत्पन्न हुने बताएका छन् ।विश्वविद्यालयका सबै महाशाखा प्रमुखले यससम्बन्धी एक विज्ञप्ति जारी गर्दै तालाबन्दीकै कारण विश्वविद्यालयमा कार्यरत कर्मचारीको तलब भत्ता र पेन्सन आदि गत असार महिनादेखि रोकिएको उल्लेख गरेका छन् । काम बापत पाउनु पर्ने न्यूनतम पारिश्रमिकसमेत नपाउँदा कर्मचारी मर्माहत भएकाले तत्काल...
महोत्तरी । महोत्तरीमा उच्च माध्यामिक विध्यालयमा कार्यरत शिक्षकहरूको आन्दोलन चर्कंदै गएको छ । महोत्तरीमा कार्यरत झण्डै ६० जना शिक्षकहरूले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काएका हुन् ।शिक्षा ऐनको अभावमा उच्च माध्यमिक विध्यालयको दरबन्दीका लागि लामो समयदेखि काम गर्दै आएका शिक्षकहरूले स्थायी प्रक्रियामा प्रतिस्पर्धासमेत गर्न पाएका छैनन । ऐन पास गरेर स्थायी दरबन्दी प्रक्रिया अगाडि बढाउनुपर्नेमा पनि...
गलकोट । बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस-युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरेका थिए । खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण आम उपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालेका हुन् ।‘ग्यासको मूल्य एक हजार...
नवलपुर । मध्यबिन्दु नगरपालिकाले नगरलाई खादामुक्त नगर घोषणा गर्ने तयारी गरेको छ । मध्यबिन्दु नगरपालिकाको नगर कार्यपालिका बैठकबाट नगरक्षेत्रमा प्रयोग हुने कुनैपनि कार्यक्रमलाई अतिथि सम्मानमा खादाको प्रयोगलाई निरुत्साहित गर्दै खादामुक्त नगर घोषणा गर्ने तयारी गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए ।
नगरसभाबाट भएको निर्णयलाई कार्यान्वयन गराउनका लागि नगरपालिकाले नगरभित्रका सबै संघसंस्था, वडा कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयलाई खादा...
न्युयोर्क । संयुक्त राज्य अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक मृत्यु भएको पुष्टि भएको लस एन्जलस काउन्टी सार्वजनिक स्वास्थ्य विभागले पुष्टि गरेको छ । पीडितको मृत्यु मंकीपक्स संक्रमणबाट भएको अमेरिकी रोग नियन्त्रण तथा उन्मुलन केन्द्रले पुष्टि गरेको छ । विरामीलाई अस्पतालमा उपचार गरिएको र उनको प्रतिरोध क्षमता कमजोर रहेको थियो ।अधिकारीहरूले भनेका छन् कि मृत्युको बारेमा कुनै अन्य जानकारी सार्वजनिक...










