एउटै खेल खेल्न नपाउँदै समूह चरणबाट बाहिरिए बागमती प्रदेश

58

काठमाडौं । वौं राष्ट्रिय खेलकुदअन्तर्गत गत बिहीबारदेखि सुरू पुरूष क्रिकेटका प्रतिस्पर्धाका अधिकांश खेल वर्षाका कारण प्रभावित भएका छन्।
प्रतिस्पर्धामा सात प्रदेश, तीन विभाग र गैरआवासीय नेपाली गरी ११ टिमले भाग लिएका छन्।
मूलपानी मैदानमा तय भएका कुनै पनि खेल वर्षाका कारण भएका छैनन् भने कीर्तिपुर मैदानमा अहिलेसम्म तीन खेल मात्र २० ओभर खेल्न सम्भव भएको छ। दुवै मैदानमा गरी समूह चरणका १५ खेल रद्द भइसकेका छन्।
आगामी महिना नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिग गर्ने भएपछि अहिले नै पुरूष राष्ट्रिय प्रतियोगिता सञ्चालन भएका हुन्। वर्षायामको ख्याल नगरी हतारमा प्रतियोगिता गर्दा खेलहरू प्रभावित भएका हुन्। नवौंका अन्य खेलका प्रतिस्पर्धा भने असोज २८ देखि हुने तय छ।
वर्षाका कारण समूह चरणका खेल रद्द हुँदा उपाधिको दाबेदार मानिएको बागमती प्रदेश समूह ‘बी’मा एउटै खेल नखेली बाहिरिएको छ। पूर्वकप्तान पारस खड्काले जिम्मा लिएको टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल छन्।
राम्रो तयारी गरेको बागमतीले समूह चरणका कुनै पनि खेल खेल्न पाएन। समूहका चार खेल रद्द भएपछि बागमतीले चार अंक पाएको छ। बागमतीले अब पाँच अंक जोडेको शीर्ष स्थानको एनआरएनले टिमलाई भेट्टाउन सक्नेछैन।
समूहमा एक खेलमा जित निकालेको सूदुरपश्चिमको ३ अंकसहित तेस्रो स्थानमा छ भने एपिएफ २ अंक जोडेर पाँचौ स्थानमा छ। आज यी दुई टिमबीचको खेलपछि सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। जित्ने टिम र एनआरएन सेमिइनलमा पुग्नेछ। खेल रद्द भएको अवस्थामा सुदूरपश्चिम र एनआरएन अन्तिम चारमा स्थान पक्का गर्नेछ।
बागमतीको कीर्तिपुरमा तय भएको प्रदेश १ विरूद्धको पहिलो खेल वर्षा कारण रद्द भएको थियो। कीर्तिपुरमै निर्धारण भएको सुदूरपश्चिम विरूद्धको खेल पनि मैदानमा पानी जम्दा सम्भव भएन।