Sunday, June 28, 2026
Home Blog Page 735
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी असोज १ गतेबाट सार्वजनिक स्थलमा धूम्रपान नगर्न सबैलाई अनुरोध गरेको छ । असोज १ गतेबाट काठमाडौंको सार्वजनिक स्थलमा धूम्रपान गरेको भेटिएमा कानुन अनुसार कारवाही गर्ने समेत महानगरपालिकाले जनाएको छ । सार्वजनिक स्थलमा धूम्रपान र सुर्ती सेवन गर्नेलाई के कस्तो कारवाही गर्ने भन्ने व्यवस्था सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा...
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले असोज ५ गतेदेखि ५१ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।यसमा ईच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम ६ हजार...
आर्मेनिया । सोमबारदेखि अजरबैजानसँगको सीमामा भएको झडपमा १०० भन्दा बढी आर्मेनियाली सैनिकको मृत्यु भएको आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बताएका छन् । अजरबैजानले यस लडाइँमा आफ्ना ५० सैनिक पनि मारिएको बताएको छ । आक्रमणको दोष दुबै पक्षले एक अर्कोलाई दिएका छन् । विवादित नागोर्नो–काराबाख क्षेत्रलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच लामो समयदेखि चलिरहेको द्वन्द्वको शृंखलामा यो पछिल्लो ठूलो हताहति हो ।...
काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज बिहीबार (भदौ ३० गते) देखि १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । यसमा कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा जो...
काठमाडौँ । सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिको बैठकमा नजाने भएका छन् । पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की समितिको बैठकमा जानु उपयुक्त नहुने निश्कर्षमा पुगेका हुन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बोलाएको थियो । यसअघि हिजै सर्वोच्चका सबै न्यायाधीश...
काठमाडौं । सिन्धुपाल्चोकमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ज्षन गएको हो भने नीर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको...
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ। नगरपालिकाभित्र दिनानुदिन डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो। नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण, डेङ्गुको परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाएको जानकारी दिए। उहाँका अनुसार तारकेश्वरको फुटुङ, काभ्रेस्थली, नेपालटार, मनमैजुलगायतका क्षेत्रमा डेङ्गुका बिरामी बढी...
काठमाडौँ । नाबालिकलाई बलात्कार गरेकाे अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेप्रति सदासयता देखाउँदै गरेको ट्वीटका कारण गायक प्रमोद खरेलको आलोचना भएको छ। गायक खरेलले बुधबार राति ट्वीट गरेर बलात्कार अभियोग लागेका सन्दीपप्रति सहानुभूति देखाएका हुन्। केही समयभित्रै उनले सो ट्वीट हटाएका थिए। तर, सामाजिक सञ्जालमा उनको सो ट्वीटको स्क्रीनसट साझा भएको छ। धेरैले उनको आरोपितको पक्षपोषण गर्ने टिप्पणीको...
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीको हातमा देशको चाबी दिन चाहेकाे बताएका छन्। स्व. नेता पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका हुन्। आगामी निर्वाचनमार्फत् आफूहरू देशकाे पहिलाे कम्युनिष्ट पार्टी बन्ने दाबी गर्दै उनले जनताले आफूहरूलाई देशकाे जिम्मा दिन लागेकाे बताएका हुन्। ‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन...
काठमाडौँ । बहराइनसँग ६-० ले पराजित भएसँगै नेपाली युवा टिमको अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ। बहराइनमा जारी छनोटको समूह ‘बी’ मा परेको नेपालले सुरुआती तीन खेलमा पराजय बेहोरेसँगै एक खेल बाँकी हुँदै सम्भावना समाप्त भएको हो। बुधबार राति भएको समूह चरणको तेस्रो खेलमा नेपालले प्रतियोगिताकै खराब नतिजा बेहोर्नु परेको हो। बहराइनका मोहमद...