Sunday, June 28, 2026
Home Blog Page 736
काठमाडौँ । नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली भ्रमण सकेर फर्किएको छ। उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। चान्शु २७ भदौमा नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। बुधबार मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता...
काठमाडौँ । सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँड टुंग्याउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ। सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए। तर, मल्ल भने निर्वाचन क्षेत्र बाँडफाँडका...
भक्तपुर । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको भक्तपुर अस्पतालको प्रमुख पद मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर सुमित्रा गौतम नियुक्त भएकी छिन् । उनलाई अस्पताल बिकास समितिका अध्यक्ष मिलन सुवालले स्वागत गरेका छन् । डाक्टर गौतमलाई हाल निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेट पदको रूपमा स्वास्थ्य मन्त्रालयले जिम्मेवारी दिएको छ ।
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १५ पुगेको छ। बुधबार १३० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार १९१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा...
काठमाडौँ । थाइल्याण्डको सैनिक विद्यालयमा भएको गोलीकाण्डमा दुई सैनिकको मृत्यु भएको छ । राजधानी बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’ मा बुधबार भएको गोलीकाण्डमा परी अर्का एक जना घाइते भएको शाही थाई सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले जानकारी दिएका छन् । स्थानीय समयअनुसार बिहान ८ बजेर ५५ मिनेटमा उक्त सैनिक विद्यालयमा गोली चलेको हो । ५९ वर्षीय सार्जेन्ट योङ्गुत मार्कोर्नकिमले...
काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा बुधबार कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई आठ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन बनायो । वर्षाले प्रभावित खेललाई २० बाट १३ ओभरमा घटाइएको थियो । गण्डकीका सन्दीप क्षेत्रीले सर्वाधिक ४९ रन बनाए । यस्तै, अनिल गुरुङले...
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकीलगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुर्व्यवहारका घटना हुनसक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताएकी छन्।अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवसका अवसरमा आज मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले कुनै पनि किसिमका घटना भइहालेमा तुरुन्तै आमा, दिदीबिहिनिलगायत नजिकका व्यक्तिलाई खबर गर्न बालबालिकालाई सल्लाह दिएकी हुन् । भविष्य बनाउनुपर्ने समयमा...
काठमाडौं ।  द्वन्द्वकालीन मुद्दाको फैसलामा चित्त नबुझे पुनरावेदन गर्न पाउने व्यवस्था राख्न माओवादी केन्द्र सहमत भएको छ ।  द्वन्द्वकालमा गम्भीर मानवअधिकार उल्लंघनका घटनाका मुद्दाबारे विशेष अदालतको फैसलाप्रति चित्त नबुझेमा पुनरावेदन गर्न पाउने अधिकारको व्यवस्था राख्न माओवादी सहमत भएको हो ।प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्वन्द्वकालीन मुद्दामा विशेष अदालतबाट हुने...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ। नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ। आज कारोबार रकम पनि बढेको छ। दिनभर एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएकाे छ ।नेप्सेका १३ वटै उपसूचक आज हरियो भएका छन् । यसअनुसार १८४ कम्पनीको सेयर बढेको छ भने ५ वटाको घटेको छ। सबै समूहको सेयर...
काठमाडौँ । डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ ।डेंगी संक्रमित चारमध्ये एक व्यक्तिलाई निकै नै गाह्रो बनाउने गरेको छ । यसमध्ये सबैमा देखिने एउटा लक्षण भनेको ज्वरो आउने हो । यसबाहेक वान्ता हुने, चिलाउने, विशेषगरी...