Sunday, June 28, 2026
Home Blog Page 734
इस्लामाबाद । पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन् ।देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना भएको जनाएका छन् । धेरै विस्थापित मानिसहरू...
काठमाडौं । नेपाल दुरसञ्चार पाधिकरणले ३० भदौसम्म नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिएको जनाएको छ । ३० भदौ पश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेटलाई अनिवार्य रुपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नु पर्ने अर्थात एमडिएमएसमा तर्दा नभएका मोबाइल सेटले माम गर्ने छैनन् । यही कारण प्राधिकरणले ३० भदौ पछि खरिद गरेका मोबाइल सेट...
काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक बिहीबार दिउँसो ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बिहान बोलाइएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू नआएपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका बहालवाला र पूर्वन्यायाधीश तथा वकिलहरूलाई बयानका लागि बोलाइएको थियो । तर, कोही पनि उपस्थित नभएपछि बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको हो...
काठमाडौं । अभिनेता पुष्प खड्का फिल्मसँगै म्युजिक भिडियोमा पनि व्यस्त छन् । उनले दुवै काम सँगसँगै अघि बढाएका छन् । म्युजिक भिडियोबाटै फिल्ममा प्रवेश गरेका उनीसँग हाल दर्जन बढी म्युजिक भिडियो रहेको छ ।गायक बुद्धिमान विश्व र गायिका मिलन नेवारको स्वर रहेको गीत ‘हेल्लो हाई डार्लिङ’ सार्वजनिक भएको छ । राजन पोखरेलको शब्द तथा निरोज लामाको संगीत र एरेन्ज...
काठमाडौं । सुनको मूल्य लगातार चार दिनयता घटेको छ । गत सोमबारबाट घट्न थालेको सुनको मूल्य बिहीबार पनि ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य चार दिनयता लगातार १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ३००, मंगलबार १००, बुधबार ७०० र बिहीबार ३०० रुपैयाँ...
वीरगञ्ज । प्रहरीले पर्साबाट तीन ‍जना महिलालाई लागुऔषध चरेससहित पक्राउ गरेको छ। प्रहरीले पर्सागढी नगरपालिका-२ बागवानास्थित सडकखण्डमा ना. २ ह ३१८६ नम्बरको सार्वजनिक अटोलाई चेकजाँच गर्दा सोमा सवार तीन जना महिलाहरूको साथमा चरेस भेटिएकाे हाे। चरेससहित पक्राउ पर्नेहरूमा मकवानपुरको मनहरी गाउँपालिका-८ बस्ने कल्पना मोक्तान, कवितामाया बल र रीता विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। बाराको जीतपुरबाट मनवातर्फ जाँदै गरेको अटाेमा सवार तीनैजना...
काठमाडाैँ । हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा एक हप्तासम्मका लागि विद्युत् सेवा बन्द भएको छ। फर्बे ट्याङ्कीबाट मुहानसम्मको नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुम वितरण केन्द्रले एक हप्ताका लागि सिमकोटको विद्युत् सेवा बन्द गरेको हो। वितरण केन्द्रकाअनुसार नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुम विद्युत् वितरण केन्द्रद्वारा आपूर्ति गर्दै आएको विद्युत् सेवा बुधबार दिउँसोदेखि बन्द गरिएको छ। फर्बे ट्याङ्कीदेखि मुहानसम्मको नहर चुहिने समस्या आएपछि...
काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश स्थगित भएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभा सचिवालयका सचिव गोपालनाथ योगीले सूचना जारी गर्दै अर्को बैठक भोलि बिहान ११ बजे बस्ने जनाएका छन् । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको...
काठमाडौँ । एमाले सांसद डा. सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय लिएर संसदमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।‘पिपुल अफ नेप्लिज ओरिजन (पिएनओ) का बारेमा सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । दोस्रो विश्वयुद्धको सेरोफेरोमा गोरखा सैनिक, तिनका...
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ । यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ । २ लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३६५ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल २० वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी...