Sunday, June 28, 2026
Home Blog Page 733
काठमाडौँ । झण्डै एक महिना बढी समयदेखि कोभिड–१९को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् ।नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात नाका खुलेको बताइएको छ । साथै कोभिड–१९को सङ्क्रमण घटेकाले पनि दुवै नाका आजदेखि सञ्चालन गरिएको समेत जनाइएको...
चितवन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारकाे एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रुपमा हेरिएकाे छ ।च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयाेजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा स्वागत गर्दै पार्टी प्रवेश...
काठमाडाैँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले देशभरबाट पार्टीले सिफारिस गरेका युनियनका पत्रकारलाई उम्मेदवार बनाउन पहल गर्ने भएको छ। प्रेस युनियनले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस भएका प्रेस युनियनमा आबद्ध पत्रकारसँग आज काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गरी युनियनकर्मीलाई संसदमा पठाउन पहल गर्ने बताएको हो। कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव...
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले राम्राे गर्दा पनि उनले नराम्राे गरेकाे आराेप लगाएका छन्। उनले आज बिहीबार पार्टी प्रवेश कार्यक्रममा बाेल्दै माओवादी अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा छँदा आफूमाथि घात गरेकाे बताएका हुन्। ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाऔँ, बलियो बामपन्थी आन्दोनल बनाऔँ, समाजवादतर्फ अघि बढौँ भनेर अध्यक्ष बनाएर...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन्। बिहीबार काठमाडौँमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दे उनले यस्तो आरोप लगाएका हुन्। उनले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा...
बेदकोट । महाकालीपारि दोधारा चाँदनी नगरपालिका-१ स्थिती पूर्णागिरी टोलमा हरिना धामीले करिब १२ कठ्ठा जमिनमा धानखेती गरेका छन्। उनले खेतमा लगाएको धानमा बाला पलाएको छ । सँगै जंगली जनावरबाट धानबाली कसरी जोगाउने भनेर उनका मनमा चिन्ता पलाएको छ । उनको जमिन नेपाल/भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टि जंगल छ । सोही जंगल भएर आउने जनावरबाट बाली जोगाउन अचेल उनी...
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई दश वर्ष भित्रमा नेपाललाई दक्षिण एसियामा सम्पन्न मुलुकको रूपमा चिनाउने अभियानको रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। मन्त्री कार्कीले आगामी निर्वाचनमा जनतालाई मत माग्ने र मत दिने मेसिनको रूपमा मात्रै नलिई आफूहरूले १० वर्ष भित्रमा कमसेकम नेपाललाई दक्षिण एसियाको सम्पन्न मुलुकको रूपमा चिनाउने...
काठमाडौँ । भारतीय सेनाका प्रमुख मनोज पाण्डेले नेपालले तत्कालै अग्निपथ योजनाअनुसार गोर्खा भर्ती सम्बन्धमा निर्णय नलिएमा नेपाली युवाका लागि छुट्याइएको कोटा अरूलाई जान सक्ने बताएका छन्। बुधबार अग्निपथ योजना र नेपाली युवाको भर्तीबारे युनाइटेड सर्भिस इन्स्टिच्युड अफ इन्डियामा भएको कार्यक्रममा यस्तो बताएका हुन्।सन् १९४७ मा नेपाल-बेलायत-भारतबीच भएको त्रिपक्षीय सन्धिअनुसार भारतीय सैनिक अन्तर्गतको गोर्खा रेजिमेन्टमा नेपाली युवाको भर्ती हुँदै आएको...
काठमाडौँ । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यापारीले आज काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन्। काठमाडौँ महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको हाे। उनीहरूले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन्। सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन्।
बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो ।साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । हवाई उडान...