काठमाडौं । भुटानको वायुसेवा कम्पनी भुटान एयरलाइन्सले पारो–काठमाडौं–नयाँ दिल्ली रुटमा पुनः उडान गर्ने भएको छ । यो रुटमा कोरोना भाइरस (कोभिड-१९) महामारीपछि उडान रोकिएको थियो ।कम्पनीले यो रुटमा साताको दुई उडान गर्ने गरी उडान घोषणा गरेको छ । कम्पनीका अनुसार १ अक्टोबरदेखि ३० नोभेम्बरसम्मका लागि साताको दुई उडान गर्ने गरी तय भएको छ । जस अनुसार हरेक आइतबार र...
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीमा मोबाइलको टावर निर्माण भई सञ्चालनमा आएको छ। नेपाल टेलिकमको मोबाइल टावर निर्माण पूरा हुँदा मोबाइल सेवा सञ्चालनमा आएपछि लिमीवासी सञ्चारको पहुँचमा आएका हुन्।
नेपाल टेलिकमको मोबाइल सेवा लिमीका तीन गाउँमा सुचारु भएको छ। मोबाइल सेवा सञ्चालनमा आएपछि लिमीबासी पूर्णरुपमा सञ्चारको पहुँचमा आएका छन्। यसबाट लिमीवासीको मोबाइलमा कुुरा गर्ने सपना बल्ल पूरा...
काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाको सन्देशसहित तीनवटा विधेयक पारित गरेको छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको छ ।
राष्ट्रिय सभाको अर्को बैठक ३१ भदौ शुक्रबार दिउँसो १२ः५९ बजे बस्नेछ ।
काठमाडौं । काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको छ ।
महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।
यसअघि देखि नै स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको...
काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षारोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेकाे छ । संघले बागमति सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौंलाई जाली सहयोग गरेको हो ।संघकाे तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बागमति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई जाली तथा उपकरण हस्तान्तरण गरेकी हुन् ।
ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष यज्ञदास श्रेष्ठले सात लाख...
काठमाडौं । नेपालको चार दिने भ्रमण सम्पन्न गरेर चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु बिहीबार स्वदेश फर्किएका छन् । गत सोमबार अपरान्ह काठमाडौं आइपुगेका उनी बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल आएका चान्सुले काठमाडौंको बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
यसैगरी उनले सभामुख अग्निप्रसाद...
मुस्ताङ । अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो । पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ । पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।दरवाङ सडकखण्ड अन्र्तगत म्याग्दीको बेनी नगरपालिका ४ सिंगा घुमाउनेमा खसेको पहिरोले १० मिटर सडक बगाएको छ...
काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका सातजना वकिलसँग छलफल सुरु गरेको छ । जबराले समितिमा आफूहरूलाई विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम लिएका थिए ।जसअनुसार बिहीबार दिउँसो सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारको पूर्वमहासचिव लीलामणी पौडेल, वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ र अधिवक्ता ओमप्रकाश अर्यालसँग समितिले...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन बिहिबार उच्च अंकले घटेकाे छ । कारोबारको सुरुवातदेखि नै ओरोलो लागेकाे नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो ।
बिहीबार नेप्से ५७ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ४८ विन्दुमा बन्द भएको छ । त्यस्तै, नेप्से घटेपनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ...
चितवन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रमाणित सूचना आम नागरिकसम्म पुर्याउनुपर्नेमा जोड दिएका छन् । नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको आज सौराहामा उद्घाटन गर्दै उनले तस्वीरले प्रमाणित सूचना दिने बताए ।
पहिले-पहिले खिचेका तस्वीरको दस्तावेजीकरण गर्दै त्यसै कामलाई परिस्कृत ढङ्गले अहिले तस्वीर लिने गरेको जनाउँदै उनले तस्वीरले यथार्थ समाचार दिने बताए ।
कार्यक्रममा जिल्ला...










