Saturday, June 27, 2026
Home Blog Page 726
बेइजिङ । दक्षिणपश्चिम चीनमा आइतबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा घातक सकड दुर्घटना बताइएको छ । ४७ जना सबार बस दुर्घटनामा परेको प्रहरीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनाका २० घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । धेरै जातीय अल्पसंख्यक बसोबास गर्ने गुइझोउको...
भक्तपुर । भक्तपुरको लामाटोलमा २४ सै घण्टा खानेपानीको सुविधा पाएका छन् । सूर्यविनायक नगरपालिका-९ मा पर्ने लामाटोल सबै सुविधाले विपन्न छ । सहरसम्म पुग्न अर्थात् अरनिको राजमार्गको साँगासम्म पुग्न डेढ घण्टाको पैदल यात्रा गर्नुबाहेक अरु विकल्प छैन । नगरपालिका भए पनि पहाडको टुप्पो जङ्गलको घेरामा रहेको यो ठाउँ कुनै गाउँ विकास समिति भन्दा कम छैन । सबै कुराले विपन्न भए...
धनगढी । कैलालीमा शनिबार बाढीले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन्। भजनी नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय कालुराम चौधरी बाढीले बगाएर शनिबार बेपत्ता भएका थिए। उनको शव आइतबार वडा नम्बर ८ जनकपुर नजिक फेला परेको जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएकाे छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले कैलालीमा ठुलाे धनजनको क्षति भएको छ।
काठमाडौँ । साताकाे पहिलाे काराेबार दिन आइतबार आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ ।यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य...
काठमाडौँ । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल अस्पतालबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार नेपालीहरूको महान चाड दसैँ -तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरूले हिमाल डेन्टल अस्पतालमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउने छन् । हालको निम्ति १ वर्षको लागि मात्र गरिएको यस सम्झौतामार्फत प्रयोगकर्ताहरूले आइएमई पेको ४६ दिने ‘डिजिटल दशैँ तिहार २०७९’...
काठमाडाैँ । आउँदाे मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबारबाट सुरु हुँदैछ। आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ।शनिबार संसदको कार्यकाल सकिएसँगै समानुपातिकतर्फको मनोनयन हुन लागेकाे हाे। निर्वाचन आयाेगका अनुसार दलहरूले समानुपातिकतर्फको बन्दसूची असोज ३ गतेभित्र बुझाइसक्नुपर्नेछ। असोज २३ गतेदेखि प्रत्यक्षतर्फको मनाेनयन सुरु हुनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जीवनमा जित नभइ हार्न सक्नुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित आत्महत्या रोकथाम तथा न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रमुख शाहले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताए। उनले भने, ‘हामीले जिन्दगीमा हार्न सिकेका हुँदैनौँ। हामी सोसल मिडियामा व्यस्त हुन्छौँ। हामी हार्न...
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आइतबार (आज) २ असोजदेखि अवतरित हकप्रद सेयर बोलकबोल माध्यमद्वारा बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको १२ लाख ५७ हजार २९० कित्ता सेयर आइतबारबाट बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।उक्त सेयरमा १३ असोजसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनुपर्नेछ ।कम्पनीले उक्त...
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासबाटै निस्किन रोक लगाइएको छ। आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर सरकारले जबरालाई निवासबाट निस्कन रोक लगाएको हो।खबरहबसँग संक्षिप्त कुरा गर्दै जबराले माथिको आदेश भन्दै निवासबाटै निस्कन रोक लगाइएको बताए। ‘म अदालत जान निस्कँदै थिए। निवासको गेटमै तालाबन्दी गरी निस्कन अवरोध गरियो।’ उनले भनेका छन् ।सरकारले जबरालाई...
>सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ को  खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ । दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । डीएसपी बुढाथोकीका अनुसार शिक्षक शिवाकोटी हेलम्बु-१ मा रहेको ठाडो खोलाको खोँचमा अड्किएको अवस्थामा फेला परेको र उनको...