प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन प्रक्रिया सुरु

57

काठमाडाैँ । आउँदाे मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबारबाट सुरु हुँदैछ। आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ।

शनिबार संसदको कार्यकाल सकिएसँगै समानुपातिकतर्फको मनोनयन हुन लागेकाे हाे। निर्वाचन आयाेगका अनुसार दलहरूले समानुपातिकतर्फको बन्दसूची असोज ३ गतेभित्र बुझाइसक्नुपर्नेछ। असोज २३ गतेदेखि प्रत्यक्षतर्फको मनाेनयन सुरु हुनेछ।