बाँके । दशैँको १५ दिनअघि नै तलब आउँछ, पेश्कीसहित। पेश्कीसहितकाे तलब आएसँगै सरकारी कर्मचारीको घरपरिवारमा छाउँछ- खुसीयाली।तर, बाँकेको डुडुवा गाउँपालिकाका कर्मचारीले यसपाली दशैँमा यो खुसीयाली मनाउन नपाउने सम्भावना बढ्दै गएको छ। यतिबेला कर्मचारीहरू ‘दशैँमा समेत तलब खान नपाइने भयो, कसरी दशैं मनाउने?’ भनी चिन्तित रहेका छन्।डुडुवाका कर्मचारीले साउनदेखि नै तलब खान पाएका छैनन्। यो पालिकामा अहिलेसम्म गाउँसभा हुन सकेको...
काठमाडौँ । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका-१७ भ्युटावरस्थित नारायणी नदी बीचको भंगालोमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका-५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँसघारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । सुर्खेतको पंचपुरी नगरपालिका-५ तिखाकुनास्थित तिखाखोलामा सोही नगरपालिका-११ बस्ने ४० वर्षीया तुल्सी बिक मंगलबार मृत अवस्थामा फेला परेकी छन् । कैलालीको गोदावरी नगरपालिका-१२ शान्तीनगर बस्ने...
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । बुधबार...
हेटौँडा । बागमती प्रदेशमा डेंङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक, सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए।यसैगरी प्रदेशमा...
काठमाडौँ । शका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित सडकमा प्र.३–०२–०१२ प ८१२२ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने २१ वर्षीय दिल्लिराम खाती रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।...
भक्तपुर । भक्तपुर नगरपालिकाले १२० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रम गरेको छ । आईतबार भक्तपुर नगरपालिकाले संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ को प्रावधानअनुसा छात्रवृत्ति छनोट समितिको निर्णय, योग्यताक्रम र प्राथमिकतामा आधारमा छनोट भएका विद्यार्थीहरुलाई आइतबार एक समारोहबीच छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ ।कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुले आफ्नो क्षमताअनुसारको विषय रोजेर उच्च शिक्षा हासिल गर्नु...
काठमाडौं । गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन् । राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
मुरलीधर सिरहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको उमेदवार बन्ने भएका छन् ।
अध्यक्ष लिङ्देनले मुरलीधरजस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको...
काठमाडौं । मोरङ र बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका–१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा काम गर्ने तेह्रथुम छथर शुक्रबारे घर भएका २५ वर्षीय आकाश लिम्बुको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।सोही फ्याक्ट्री नजिक जमेको पानीको खाल्टोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज...
कपिलवस्तु । शिवराज नगरपालिका–१ बस्ने ४५ वर्षीय खिमेन्द्र बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८३ हजार ५ सय ३५ रुपैयाँ, ५ सय भारतीय रूपैयाँ र नखोलेको १५ थान र खोलेको १३ थान गरी जम्मा २८ थान तास सहित पक्राउ गरेको...
काठमाडौं । ऐतिहासिक फिल्म ‘नालापानी’ आगामी शनिबार अस्ट्रेलियामा प्रिमियर गरिने भएको छ । फिल्मलाई अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अस्ट्रेलिया र अर्बिट अस्ट्रेलिया ग्रुपले मिलेर शोको आयोजना गरेको हो ।आयोजकका अनुसार नेपालको इतिहासको बारेमा नयाँ पुस्तालÞाई जानकारी दिन १२ वर्षभन्दा कम उमेरका दर्शकलाई निःशुल्क फिल्म हेर्ने व्यवस्था मिलाइएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष फिल्म २०२०’ स्पेसल...









