राष्ट्रपतिको कदमबारे गठबबन्धनले छलफल गर्ने

89

काठमाडौँ । गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा संविधानविद्सँग छलफल गर्ने भएकाे छ। बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनले संविधानका जानकारहरूलाई आमन्त्रण गरेको हो।

दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यात्मक व्यवस्था संविधानले गरे पनि राष्ट्रपति भण्डारीले त्यसको उल्लंघन गरेकी छिन्। मंगलबार मध्यरातिसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने भए पनि भण्डारीले विधेयकलाई त्यसै थन्क्याएकी हुन्।

बिहान बसेको गठबन्धनको बैठकले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर गैर संवैधानिक काम गरेको निष्कर्ष निकालेको थियो। राष्ट्रपतिले संविधानअनुसार गर्नुपर्ने काम नगरेपछि गठबन्धनले सचेत रहन आह्वान गर्दै थप कदम नचाल्ने जनाउ दिए पनि संविधानविदसँग छलफल गर्न लागेको हो।