Saturday, June 27, 2026
Home Blog Page 724
काठमाडौँ ।  सत्ता गठबन्धनका चार दलले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध विज्ञप्ति जारी गरेका छन् । राष्ट्रिय जनमोर्चा नेपालबाहेकका सरकारमा सहभागी चार दल सहभागी आज बिहानको संयुक्त बैठकले गरेको निर्णय अनुसार संयुक्त विज्ञप्ति जारी गरिएको हो ।‘प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५...
काठमाडाैँ । नेकपा एमालेले डेङ्गी सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गी सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गर‍ेका हुन् ।विज्ञप्तिमा उनले तीनै तहका सरकारलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायकाबीचमा समन्वयात्मक परिचालन, सिटामोललगायतका औषधिको...
धनगढी । सेती प्रादेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौँ लैजाने तयारी सुरु भएको छ ।अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो । तर, गोविन्द केसीले भने माग पूरा नभई अन्य स्थानमा नजाने अडान लिँदै आएका थिए ।सिनियर डाक्टरहरूले उनलाई आज सम्झाइ...
काठमाडौँ । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ ।यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ । वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत ब्याजदर रहेको सो सहुलियतपूर्ण...
काठमाडाैँ । ललितपुरकाे धाेबीघाटस्थित कवाडी गाेदाममा आगजनी भएकाे छ। आगजनी आज दिउँसाे भएकाे हाे। आगजनी अझै नियन्त्रणमा आएकाे छैन। आगाे निभाउने प्रयास भइरहेकाे छ। यससम्बन्धमा विस्तृत विवरण आउन बाँकी नै छ।
काठमाडौँ । नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको छ । सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अंग्रेजी समाचार प्रस्तोता तीन गरी १० जना समाचार प्रस्तोता माग गरिएकाे छ ।उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित...
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले असिस्टेन्रसिनियर असिस्टेन्ट, ट्रेनी असिस्टेन्टरअन्डरराइटिङमा कर्मचारी माग गरेको हो ।कम्पनीले उक्त पदका लागि व्यवस्थापन संकायअन्तर्गत स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले ३१ असोजसम्म कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन्...
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई खुला गरेको आइपिओमा आवेदन दिने समय पुनः थप गरेको छ ।स्थानीयले अब ३० असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।  यसअघि पनि कम्पनीले समय थप गरेर ४ असोजसम्म आइपिओ भर्न सकिने व्यवस्था गरेको थियो ।तर, सो समयमा सबै कित्ता सेयर बिक्री नभए पनि फेरि समय थप गरिएको हो ।...
काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका–५ बस्ने ४२ वर्षीय हर्क बहादुर नेपालीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ।आफ्नै घरको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनको अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। चितवनको राप्ती नगरपालिका–९ सितलटोल बस्ने ७५ वर्षीय राम बहादुर सार्कीको करेन्ट लागेर मंगलबार मृत्यु...
धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानमा दुईजना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार गोदावरी नगरपालिका- १२ र धनगढी उपमहानगरपालिका- १ मा एक-एक जना मृत भेटिएका हुन्।जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गोदावरी- १२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन्। बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएका थिए।...