सिड्नीमा नालापानीको प्रिमीयर हुने

56

काठमाडौं । ऐतिहासिक चलचित्र ‘नालापानी’ को अस्ट्रेलियामा प्रिमियर गरिने भएको छ। तिहारको अवसर पारेर कात्तिक ४ गते रिलीज हुने यो चलचित्रलाई अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अस्ट्रेलिया र अर्बिट अस्ट्रेलिया ग्रुपले मिलेर प्रिमीयर गर्न लागेको हो। नेपालको इतिहासको बारेमा नयाँ पुस्ताल़ाई जानकारी दिनुपर्छ भन्ने उद्धेश्यले १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई चलचित्र निःशुल्क हेर्ने व्यवस्था मिलाइएको आयोजक मध्येका एक भानु प्रतापले जानकारी दिए।

आगामी शनिबार अर्थात २४ सेप्टेम्बरको दिन सिड्नीमा चलचित्र ‘नालापानी’ को ग्राण्ड शो गरिने भएको हो। चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्रका निर्देशक रिमेश अधिकारी हुन्।सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईँलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो। चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्।