विदेशबाट यी सामान ल्याउँदा तिर्न पर्दैन भन्सार

29

काठमाडौं । विदेशबाट आफूलाई आवश्यक र मन परेका सामग्री अथवा परिवारका लागि उपहार ल्याउँदा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार यी कुरामा महसुल पूर्ण छुट हुने व्यवस्था गरेको छ।

  • लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान
  • औषधी, उपचार गराई फर्केका बिरामीले ल्याएका औषधी
  • शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान जस्तैः ह्विलचियर, बैशाखी
  • सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरातजडित सुनका वा चाँदीका साथमा ल्याएको गहना
  • ट्याब्लेट, ल्यापटप, कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक/एक थान
  • बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एक थान
  • पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक/एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप)
  • खेलाडीको खेलकुदसम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याडमिन्टन सेट। गवैयाको सामान्य बाजा (जस्तैः गितार हार्मोनियम, तबला, जस्ता सामानहरू)
  • सात किलोग्रामसम्म खाद्य परिकार
  • मदिरा एक लिटरसम्मको एक बोतल।