इष्ट पोइन्टको आगँनीमा देउसी भैलो आएपछि……

155

भक्तपुर । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको छुट्टै रौनक छ । दीपावली समेत भनिने यस पर्वको मुख्य आकर्षण भनेकै देउसी र भैलो खेल्ने परम्परा हो । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलकोढोका स्थित इष्ट पोइण्ट एकेडेमीले जिल्लास्तरिय देउसी भैलो प्रतियोगिता गर्दै आइरहेको छ । उक्त प्रतियोगितामा महेन्द्र विद्याश्रम प्रथम, सनसाइन नेशनल स्कूल दोस्रो र विनायक शिक्षा निकेतन तृतियस्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा इष्ट पोइन्ट एकेडेमी, सीभीएम सेकेण्डरी स्कूल, एडभान्स एकेडेमी स्कूल, क्रियटिभ लनर्स सेकेण्डरी स्कूल, एभरेष्ट ईड्डलिश स्कूल, र सूर्योदय सेकेण्डरी स्कूलका १० वटा विद्यालयले देउसी भैलो कार्यक्रममा सहभागिता जनाएका कार्यक्रमका सभापति एवं विद्यालयका संस्थापक प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले निरन्तर रुपमा सम्पदा संरक्षण सँगसँगै कला र सँस्कृतिको संरक्षण गरिरहेको अवगत गराउनु भयो ।
नगरप्रमुख प्रजापतिले नगरभित्रका ९२ वटै विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरी विद्यार्थीहरुलाई कला,संस्कृति र सम्पदा सम्बन्धी ज्ञान दिन खोजिरहेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथि सप्तरी जिल्लाका न्यायाधीस लालकाजी श्रेष्ठले नेपाल विभिन्न जात जाती र धर्म सँस्कृति मान्ने थलो भएको हुँदा धार्मिक सहिष्णुता र एक आपसमा सद्भाव रहीआएको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्याब्सनको तर्पmबाट भक्तपुर नगर प्याब्सनका सल्लाहकार भक्तराजभण्डारी, निर्णायकहरुको तर्पmबाट जीवन ढुड्डाना र शिक्षिकाद्वय मनि भैल र देवकी लामिछानेले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमका सभापति एवं विद्यालयका संस्थापक प्रिन्सिपल श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै विद्यालयहरुबीचको अन्तरसम्बन्ध कायम गर्न र विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि विद्यालयले कोभिडको संक्रमणकालीन अवस्थाको ३ वर्ष बाहेक उपत्यकामै पहिलोपल्ट २०६५ सालदेखि देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।