Monday, June 22, 2026
Home Blog Page 668
अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित हात पारेको छ। तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा पाकिस्तानले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्‍यो। जितसँगै पाकिस्तानले सेमिफाइनलको गणतीय सम्भावना कायमै राख्यो।पर्थमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो। जवाफमा पाकिस्तानले उक्त लक्ष्य ३७ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।आइतबार ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५५२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर २२९...
काठमाडौँ । आफैँले घरमा बम राखेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही–२ का प्रतिनिधिसभा उम्मेदवार गणेश पौडेल अनुसन्धानको घेरामा परेका छन् । प्रहरीले उनीमाथि बम राखेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान थालेको छ । आइतबार बिहानै बुटवल–१२ नयाँ गाउँमा रहेको आफ्नो घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेको भन्दै पौडेलले सञ्चारकर्मीहरूलाई समाचार बनाउन आग्रह गरेका थिए ।तर, नेपाली सेनाको बम डिस्पोजल टोली...
जोमसोम । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको...
काठमाडौं । नेपालका भलिवल प्रशिक्षक उत्सव खड्काले भारतमा एफआईभीबीको दोस्रो चरणको कोचेस कोर्ष पुरा गरेका छन् । उनले भलिबल फेडरेशन इण्डिया र डा.शिभांथी आदित्यन रिजिनल डेभलमेन्ट सेन्टर फर भलिबल चेन्नाईद्धारा द्धारा भएको कोर्षमा खड्काले दोस्रो चरण पार गर्न सफल भएका हुन् । १० वर्षको उमेरदेखि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भलिबलको प्रशिक्षण गरेका उनले २०६६ सालमा पीएलए स्पोर्टस क्लवले गरेको...
कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो । कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । बिहीबार प्रकाशित तीन ओटा अनुसन्धानका सारअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी रोग, हृदयघात वा मुटुसम्बन्धी समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने खतरा १०५ देखि १५५...
काठमाडौं । आज देशभर छठ पर्वको रौनक देखिएको छ । केही वर्ष पहिलेसम्म तराईमा मात्रै मनाइने यो पर्व अहिले पहाड र विदेशमा रहेका नेपालीहरुले समेत मनाउने गरेका छन् ।तस्विरः रासस
काठमाडौं । जापानको फुकुओका प्रिफेक्चरमा एक पुरुषलाई मन पारेर तीन दिनमा ४१३ वटा टेक्स्ट म्यासेज पठाई पुरुषले जवाफ नदिएपछि ‘छुरा प्रहार’ गर्ने धम्की दिने एक महिला पक्राउ परेकी छन् ।छुरा प्रहार गर्ने धम्कीसहित फुकुओका प्रिफेक्चरल प्रहरीको यानागावा प्रहरी स्टेशनले शहरको शिक्षा बोर्डमा कार्यरत यानागावा निवासी ३९ वर्षीया मिचियो साकाकीले आफूले मनपर्ने एक पुरुषलाई पछ्याउदै तीन दिनमा ४१३ भन्दा बढी...
काभ्रे । नेकपा एमालेबाट विभाजन भएको नेकपा समाजबादीका नेता कार्यकर्ताहरु धमाधम पार्टीमा फिर्ता हुन थालेका छन् । नेकपा समाजबादीले गठवन्धनबाट उचित स्थान नपाउनु तथा पार्टी फुटाउँदाको उदेश्य अनुरुप पार्टी संचालन नहुनु लगायतका थुप्रै कारण देखाउँदै समाजबादीका नेता कार्यकर्ताहरु घर फर्किन थालेका हुन् ।काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्वर १२ को सिङ्गो कमिटी नै एमालेमा विलिन भएको घोषणा गरेको छ...
इनरुवा । कुनै बेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ। जिल्ला अस्पताल सुनसरीले आफ्नो धुमलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो।जहाँ एकाबिहानै पूर्जा काटेर पालो पर्खनेको भीड थामी नसक्नु छ। पालो कुरेरै भएपनि उपचार गराउनेको संख्या दिनानुदिन बढ्दो छ। लामो समय स्वार्थगत राजनीति र...