सुर्खेत । गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन। करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैँ खुल्न नसकेको हो।उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खरिरहेको छ। करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला दैनिक उपभोग्य सामान ढुवानीमा समस्या आएको छ।“निरन्तरको पहिरोका कारण सडक सञ्चालन गर्न सकिएको छैन”,...
भक्तपुर । नेकपा एमालेका पोलिटब्युराे सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं.२ प्रतिनिधिसभाको एमालेको उम्मेदवार महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको होलीडे मनाएको भन्दै आक्रोश जनाएका छन्।नेकपा एमाले सूर्यविनायक नगरकमिटी वडा नं.५ ले आइतबार आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासाेन्मुख राष्ट्रको रूपमा स्थापित...
बारा । निर्वाचन आचारसंहिताविपरीत बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका-१ स्थित रामजानकी मन्दिर छठघाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन् ।निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारले छठ घाटमा चुनावी ब्यानर लगाएपछि विरोध हुन थालेको छ । मतदातालाई प्रभावित पार्ने गरी उम्मेदवार वा दलको कार्यालयबाहेक अन्य स्थानमा फ्लेक्स, डिजिटल बोर्ड लगाउन आचारसंहिताले बन्देज लगाएको छ...
काठमाडौं । जापानले आफ्नो तीन सेल्फ डिफेन्स फोर्स इकाइहरूको निरीक्षण गर्न र आपतकालिन अवस्थामा अमेरिकी सेनासँग राम्रो समन्वय गर्न नयाँ संयुक्त कमाण्ड र नयाँ कमान्डिङ अफिसर स्थापना गर्न अघि बढिरहेको निक्केई एसियाले खबर छापेको छ।ताइवान स्ट्रेटमा कुनै पनि सम्भावित संकटको लागि राष्ट्र सतर्क रहँदै गर्दा,सम २०२४ सम्ममा पुनर्संरचना हुन सक्ने आँकलन गरिएको हो । अधिकारीले स्थल, सामुद्रिक र वायु...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच जनाको ज्यान जानेगरी आज बिहान नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा भएको सवारी दुर्घटनप्रति दुःख व्यक्त गरेका छन्।‘पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तव्ध भएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु।’ घाईतेहरुको तत्काल उपचारको...
काठमाडौं । दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ।प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपुर सदुपयोग गर्ने देखिएको छ। फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ। देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो।यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।...
ललितपुर । ललितपुरको ग्वार्कोमा स्कारपियो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपले पैदल हिंडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई ठक्कर दिएको थियो।उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ।मृतकको सनाखत हुन बाँकी रहेको छ। दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको...
एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा १५१ जनाको मृत्यु भएपछि आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन् ।राष्ट्रपति युनले पीडितहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।‘यो वास्तवमै दुखद हो’ उनले एक विज्ञप्तिमा भने ‘एक त्रासदी घटना राजधानी सिउलको मुटुमा भएको छ ।’सयोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।२०७९ कार्तिक १३ गते (आइतबार)
दिउँसो: देशका पहाडी...
काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार आइतबार एक हजार रुपैयाँले घट्दै सुरु भएको जनाएको छ ।छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको...










