काठमाडौँ । काठमाडौँको लाजिम्पाटमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ।हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालले बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो।दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा २ बजे मृत्यु भएको प्रहरीले...
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी भाेली शुक्रबार मुस्ताङ भ्रमणमा जाने भएकी छन् ।राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । ‘मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै...
-प्रकाश कार्की
वि.स २०५९ सालमा म घर गएको थिए, सोलुखुम्बु । यति खुसी थिए १४/१५ बर्ष पछि जो जाँदै थिए । याद छ त्यो खुसी केही बेरमानै डरमा परिणित भयो, जब गाउँठाउको अवस्थाका बारेमा मैले बिस्तारै बाटामा चालपाउन थाले । एक मनले त मलाइ फर्किउ कि जस्तो लाग्यो । तर म फर्किन । याद छ घर नबसिकन मामाघर बसेको थिए...
भक्तपुर । हरिबोधनी एकादशी उपलक्ष्यमा चाँगुनारायण नगरपालिकाले भोली १८ गते शुक्रबार नगरपालिकाभित्र सार्वजनिक विदा दिएको छ । स्थानीय सरकारले आफ्नो क्षेत्रभित्रका पर्व परेको समयमा बिदा दिने गरेका छन् ।
भक्तपुर, १७ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भक्तपुर क्षेत्र नं. २ को घरदैलो कार्यक्रम आजदेखी सुरु भएको छ ।
क्षेत्र नं. २ अन्तरगत जिल्लाको मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई वटा पर्दछन् । एमाले क्षेत्र नं. २ प्रचार प्रसार समितिले आजदेखी दुई वटै नगरपालिकामा...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटकी एक महिला परिवारसंग सम्पर्क विहिन भएकी छिन् । ४३ वर्षकी सञ्चमाया थोकर यहीँ कात्तिक १ गते बिहान घरबाट हिडेकी थिइन् । उनका श्रीमान चन्द्रबहादुर तामाङले भने, माइतीमा भएको जग्गा हेर्ने मानिस आएको छ, मलाई फोन आयो भनेर गएको हो । श्रीमती घरबाट हिडेँको तीन दिनपछि उनले बोकेको मोवाइलमा फोन गर्दा अफ...
काठमाडाैँ । आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले बिहीवार (कात्तिक १७ गते)देखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ । साेही अनुसार दलहरूले आजबाट प्रचार-प्रसारका कामहरू(जुलुस, आमसभा र कोणसभा) गर्न पाउने भएका हुन् ।आजबाट खुला प्रचारको...
ललितपुर । ललितपुरलाई सुन्दर र हराभरा बनाउन नेकपा .(एमाले)बाट क्षेत्र नंम्बर २ (ख) बाट प्रदेसभा सदस्यमा उम्मेदवारी दिएको रामेश्वर श्रेष्ठले बताएका छन् ।उनले आफू महालक्ष्मी नगरको मेयर रहेर काम गर्दा त्यसको आधार स्तम्भ निर्माण गरेको बताएका छन् ।हाम्रो क्षेत्रमा फोहोर विर्सजन गर्ने ठाउँ नहुँदा सिस्डोल पठाउन बाध्य छौं । तर मानव मलमुत्रले हाम्रा खोला नाला फोहोर भएका छन् ।...
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ।नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका नेताहरुले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो निर्वाचन बिथोल्ने खालको...
काठमाडौं । अमेरीकी -यापर टेकअफको गोली हानी हत्या भएको छ। स्थानीय समयअनुसार मंगलबार दिउँसो दुई बजे ह्युस्टानमा डाईस खेलिरहेका २८ वर्षीय टेकअफमाथि अपरिचित व्यक्तिले गोली चलाउँदा घटनास्थलमा नै उनको निधन भएको हो।केहि व्यक्तिहरुले उनलाई बाटोमा ढलिरहेको अवस्थामा भेटेपछि नजिकको अस्पताल लगेको स्थानीय प्रहरी प्रमूख ट्रोई फिनरले जनाएका छन् ।घटनामा संग्लग्न भएको आरोपमा अहिलेसम्म कुनै व्यक्तिलाई पनि पक्राउ गरेको छैन्...










