Monday, June 22, 2026
Home Blog Page 662
खोटाङ । वडा सदस्यको निधनमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको निधनमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो । दाँत दुख्ने समस्याले गिजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति सुनसरीमा निधन भएको थियो ।नेपालीको निधनपछि बिहीबारको गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिका मातहतका सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक...
काठमाडौं । बाराही हाइड्रोको आइपीओमा आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको जलविद्युतको आइपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ ।हाइड्रोपावरले कात्तिक ४ गतेदेखि बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले स्थानीय बासिन्दालाई १ सय रुपैयाँ अंकित मूल्यमा २ लाख ५० हजार कित्ता सेयर...
धनगढी । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावको प्रचारप्रसार गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओली सुदूरपश्चिम पुगेका छन् । प्रधानमन्त्री देउवा बुधबारदेखि सुदूरपश्चिममा रहेका छन् भने एमाले अध्यक्ष ओली बिहीबार बेलुका सुदूरपश्चिम पुगेका हुन् ।देउवाले बिहीबार आफ्नाे गृहजिल्ला डडेल्धुरा सदरमुकाममा चुनावी सभालाई सम्बाेधन गरेका हुन् । उनले आज...
काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो ।बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा,सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए ।प्रहरीले...
काठमाडाैँ । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी। औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ।आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म...
भक्तपुर । मंसिर ४ गते हुने संघीय र प्रदेश तहको निर्वाचनको लागि राजनीतिक दलहरुले घरदैलो अभियान सुरु गर्ने तयारी गरेका छन् । निर्वाचन आयोगको आचारसंहिता अनुसार कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म मात्रै घरदैलो गर्न पाउनेछन् ।सोही अनुसार नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा भोली १८ गतेबाट घरदैलो कार्यक्रम गर्ने भएको छ । भक्तपुर नगर क्षेत्रमा १८...
काठमाडाैँ । आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय बनाउन निर्वाचन आयाेगले सरकारलाई सात बुँदे निर्देशन दिएको छ।निर्वाचनलाई भयरहित तथा मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न/गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायमा निर्देशन दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको हो।आयाेगले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै...
सप्तरी । कुटपिटको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका एक जना पीडितको जिल्ला प्रहरी कार्यालयको गेटबाटै मोटरसाइकल चोरी भएको छ । अग्निसाइर कृष्ण सवरण गाउँपालिका-४ मा बुधबार भएकाे विवाद र कुटपिटका घाइते उजुरी दिन कार्यालय जाँदा सेतो नम्बर प्लेट को१ब १०६९ सरकारी मोटरसाइकल चोरी भएको हो ।बुधवार बिहान ९ बजेतिर बाबुमाथि कुटपिट भएको उजुरी दिन प्रहरी कार्यालयको गेट...
दाङ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयाँ व्यवस्थापनका साथ संचालन भएको नवौं वार्षिकोत्सवको अवसरमा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा मानव कल्याण समाज सेवा घर नारायणपुरमा रहेका परिवारविहिन व्यक्तिहरुलाई सहयोग पुग्नेगरी खाद्यान्न वितरण गरिएको संस्थाका संचालक एवं कार्यक्रमका संयोजक केशब रिजालले बताए ।मानव कल्याण समाज सेवा घरकी कर्मचारी सुष्मिता श्रेष्ठलाई संस्थाले...
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि वाचा पत्र नाम दिएर घोषणा पत्र ल्याएको छ।काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमा पार्टी सभापति लामिछानेसहितले घोषणा पत्र सार्वजनिक गरेका छन्।वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ ।