रौतहट । राजमार्गको शहरी क्षेत्रमा खटिनुपर्ने ट्राफिक प्रहरीहरू जंगल क्षेत्रका राजमार्गमा देखिन थालेपछि मधेश प्रदेशले ओगेटेको शहरी क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तब्यस्त भएको छ । अत्यधिक सवारी साधन चल्ने मधेश प्रदेशअन्तर्गत रहेको राजमार्ग स्थित शहरी क्षेत्रमा खटिन’को साटो एकान्तस्थल र जङ्गलक्षेत्रमा चेकिङ्गको बहानामा दैनिकजसो ट्राफिक प्रहरी रहने गरेका छन् ।एउटै जिल्लाको राजमार्गका दुई÷तीन स्थानमा बसेर ट्राफिक प्रहरीले सवारी साधनको कागजपत्र...
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।उनले भने,’कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’बुटवलमा आज आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैका सहयोगमा शान्तिपूर्ण हुने बताए ।उनले...
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् ।निर्वाचन आयोगमा बुधबार भएको उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको छ ।प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत राजदूतलाई आग्रह गरेका छन् ।
काठमाडौँ । आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको नेदरल्यान्ड्सले शीर्ष १२ अन्तर्गत समूहको चौथो खेलमा पहिलो जित निकालेको छ।नेदरल्यान्ड्सले बुधबार भएको खेलमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो। नेदरल्यान्ड्ससँग पराजित भएसँगै जिम्बाब्वेको सेमिफाइनल सम्भावना थप कमजोर बनेको छ।एडिलेटमा भएको खेलमा जिम्बाब्वेले पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्सलाई १ सय १८ रनको कमजोर लक्ष्य दिएको थियो। जवाफमा नेदरल्यान्ड्सले उक्त लक्ष्य १७...
काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले एक हप्ता विदा दिने भएकाे छ ।त्रिविले जाडोको विदामा समायोजन गर्ने गरी चुनावमा विदा दिने सुझाव आएकोले त्यसैगरी विदा दिने तयारी भइरहेको जनाएकाे छ ।चुनावका बेला विद्यार्थीहरू पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरूमा मतदान केन्द्रहरू परेको भएकोले एक हप्ता विदा दिने...
काठमाडौँ । भारतको आसाम प्रान्तको लखिमपुर शहरमा नोभेम्बर ४, ५ र ६ मा आयोजना हुने ‘भरतमूनि अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’ नाटक मञ्चन हुने भएको छ। तीन दिवसीय उक्त महोत्सवमा भारत, नेपाल र बङ्गलादेशका गरी १० वटा नाटक मञ्चन हुने जनाइएको छ ।भारतीय नाट्य कलाका पिता मानिने ‘भरतमूनि’को नाममा समर्पित उक्त नाट्य महोत्सवमा नेपालबाट पहिलो पटक शिल्पी थिएटरले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन गर्न लागेको...
काठमाडौं । निर्वाचन आयोगले सरकारी खर्चमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी अभियान अन्तर्गत डडेल्धुरा जान रोक लगाएको छ । बुधबार आयोगले प्रधानमन्त्री देउवालाई यात्रा स्थगित गर्न भनेको छ ।आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार,...
भक्तपुर । नेकपा एमाले भक्तपुरले पार्टीका सङ्गठित सदस्य श्रीभक्त काशिछ्वालाई कारबाही गरेको छ ।
भक्तपुर प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (१) मा पार्टीकाउम्मेदवार मोहनवीर श्रेष्ठको विरुद्धमा पार्टीका सङ्गठित सदस्य काशिछ्वाले उम्मेदवारी दिएकाले नेकपा एमाले भक्तपुरले काशिछ्वालाई कारबाही गरेको हो । काशिछ्वालाई पार्टीले पटक पटक सम्झाई बुझाई गर्दा पनि उम्मेदवारी फिर्ता नगरेपछि उनलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन...
काठमाडौँ । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान अति सुस्त देखिएको छ। सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न ठेक्का गरेको ६ वर्ष नाघ्दा अहिलेसम्म दुई प्रतिशतभन्दा कम सवारीसाधनले मात्रै जडान गरेको पाइएको छ।सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकामा हालसम्म ३५ हजार सवारीसाधनले मात्रै नम्बर प्लेट जडान गरेको यातायात व्यवस्था विभागले...
काठमाडाैँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी भइसकेको छ।यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।हालसम्म आयोगले ९३ ट्रक...










