तितो सत्यः माओवादी द्धन्द्ध पीडित र अहिलेको गठबन्धन

82

-प्रकाश कार्की
वि.स २०५९ सालमा म घर गएको थिए, सोलुखुम्बु । यति खुसी थिए १४/१५ बर्ष पछि जो जाँदै थिए । याद छ त्यो खुसी केही बेरमानै डरमा परिणित भयो, जब गाउँठाउको अवस्थाका बारेमा मैले बिस्तारै बाटामा चालपाउन थाले । एक मनले त मलाइ फर्किउ कि जस्तो लाग्यो । तर म फर्किन । याद छ घर नबसिकन मामाघर बसेको थिए । कारण घर भन्दा मामाघर अलि सुरक्षित जो थियो सुन्नमा आएको । ९ दिन बसे त मामाघरको आगनमा पनि मज्जाले टेकिन मलाइ राम्रोसंग याद छ ! मामाघर भित्रै लुकेर बसे कारण युवा थिए । माओबादिले देखे भने लान्छन भनेर घर-मामाघरका सबैमा डर जो थियो ।

९ दिनमा लुकिलुकि केही देख्न भ्याएको थिए । ती माओवादिका ताती हातमा बन्दुक र गोला बोकि लम्किदै गरेको ।
कसैलाइ आस्थाकै आधारमा मात्र काङ्ग्रेस भएकै कारण घरमै गएर घर भित्र बाट लतारेर आगनमा ल्याएर बा-आमा ,श्रीमती छोरा छोरी भाइ-बहिनी वरिपरि राखेर बन्चराले थाप्लोमा हानेर रगतका धाराले आगनमा छताछुल्ल पारेर माओवादी जिन्दावाद, महान क्रान्तिकारी प्रचण्ड जिन्दावाद भन्दै बिजय उत्सब मनाएर हिड्दै गरेको त्यो कालिलाग्दो अवस्था ।

आज सम्झन्छु म ती आमाबाबा, भाइबहिनी, श्रीमती छोरा-छोरी गाउँ छरछिमेकमा कस्तो भयो होला त्यो तत्कालिन समय रु ती आमाको हालत के छ रु आज ती बाबाको हालत के छ रु आज ती नाबालक छोरा-छोरिको हालत के छ ? आज कसरी बाचेका होलान रु कसैको लेखाजोखा छ रु अवस्य छैन । हिजो काङ्ग्रेसको घाँटी छानिछानी काट्दै हिडेका जो थिए , दुस्खमा रहेका क्रियापुत्रिलाई गाइको मासु कटाएर खान्न बाद्य पारे , शिक्षक , बिद्यार्थी , युवा , बालक ,बृद्ध , महिला कसैलाइ छाडेन्न । काङ्ग्रेस भएकै कारण त्यो गाउँठाउमा धेरैले गाउंनै छाडीसकेका रहेछन तत्काली समय ।

समान्तीको संज्ञा प्राप्त एक घरका बुबालाई मार्छु काट्छु भन्ने डर धम्कीले घरमा बुढी स्वास्नी छाडेर सहर बाच्नका लागि आएका रहेछन , जसका ५ भाइ छोरा मा ४ भाइ शाही नेपाली सेनामा थिए । बिचार बुढीले प्राण त्याग्दा २ दिन सम्म लास आगनमा बेवारिसे अवस्थामा रहेको थियो रे रु जे जति भयो त्यो मैले केही देखे त केही सुने । त्यो माओबादी द्वन्दले सहरलाई त्यति असर नगरिएता पनि गाउठाउँका आगन पुरै सोझासाझा जनता र काङ्ग्रेसिका रगतले रगतलाम्मे बनाइएको थियो , तत्कालिन समय ।

आज तिनैका भाबी सन्ततिले बडो क्रान्तिकारीलाई मत हालेर चुनाब जिताइ दिनुपर्ने शेर बहादुरलाई कुर्सी दिलाइ दिनुपर्ने अझ यतिले नपुगेर स्वास्नी ज्युलाई पनि सुरक्षित गराइ दिनुपर्ने रु वास्तवमा भन्नुपर्दा जसले खोजी खोजी काङ्ग्रेसलाई मारे, सामन्ती सोच या त बिचार भएकै कारण भन्दै आज तिनलाइनै काङ्ग्रेसले मत हाली दिनुपर्ने रु हिजो बन्चरो उठाएर पुरपुरो ताक्ने हात आज मुठी पारेर जय नेपाल भन्दैमा मत आउला रु के इमानदार काङ्ग्रेसिजनले देलान त रु नेपाली जनता र काङ्ग्रेस जन कसैको बधुवा मजदुर हुन त रु हलि गोठालाहरु हुन त रु कसैकोआदेशको पालना गर्ने दास हुन त रु सार्वभौम सत्ता र राजकिय सत्ता प्राप्त जनताको अधिकार प्रयोग गर्ने भनेको दासी र लाछी भएर हो त ?
मेरो तमाम काङ्ग्रेसि मित्रहरु प्रती प्रश्न ?
जे पनि गर्न मिल्छ र राजनितीमा ?
प्रजातन्त्रलाई मझाक बनाउन यति सझिलै पाइन्छ ।
क्रमश !!! उत्तरको अपेक्षा ।

-सोलुखुम्बु हाल काठमाडौं     

-यो लेखको नीजि बिचार हो । सम्पादक