Monday, June 22, 2026
Home Blog Page 654
सिमकोट । नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने २ जना यात्रु घाइते भएका छन्। सिमकोटबाट यारीका लागि गएको बा.१८ च १४१७ नम्बरको बोलेर जिप बिहान करिब ११ बजे दुर्घटना भएको हो।प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार बुका पाल्बाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्युु र चालकसहित दुुई जना घाइते...
मुगु । मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता भएकी छन् । जिल्लाको खत्याड गाउँपालिका–८ रिगाकी २४ वर्षीया रमाना गिरि तीनदेखि बेपत्ता भएकी हुन् ।अस्ति (सोमबार) देखि उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । रमाना आफ्नै घरबाट बेपत्ता भएको परिवार स्रोतले बताएको छ ।बाजुरा वुढिनन्दा नगरपालिका–१ माइतीघर भएकी गिरीले पाँच वर्षअघि रिगाका २८ वर्षीय प्रेमलाल गिरिसँग प्रेम विवाह गरेकी थिइन्...
भक्तपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको संघारमा प्रचार प्रसार तिव्र बनिरहेको छ । यसै क्रममा नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ निर्वाचन परिचालन कमिटीले आयोजना गरेको घरदैलो कार्यक्रम आज सूर्यविनायक नगरपालिका वडा नं. ७ मा सम्पन्न भएको हो ।घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा वडा नं. ७ का हजारौं जनता सडकमा ओर्लिएका छन् । यो...
काठमाडाैँ । नेपालमा छायाङ्कन भएकाे भारतीय चलचित्र ‘उचाइ’ यही कात्तिकत्र २५ गतेदेखि प्रदर्शन हुँदैछ।नेपालकै पात्रलाई मूलकथा बनाइएको फिल्म छायाङ्कन गर्न दुई सयको हाराहारीमा प्राविधिक भारतबाट आएका थिए। त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत सहभागी भएर काम गरेका थिए।चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा नीता गुप्ता, सारिका हसनजस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको छ। बलिउडमा स्थापनाको ७५औँ वर्ष...
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग कुरा गर्नुपर्ने बताएका छन् । उनले संसद्ले एकमतले नेपालको नक्सामा राखेको भूमिलाई लिएर राजनीति गर्नुभन्दा पनि भारतसँग वार्ता गरेर फिर्ता ल्याउनुपर्ने बताएका हुन् ।दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा...
काठमाडौं । निर्वाचन आयोगले ललितपुर-३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ । चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बजाएर हिँडेकोले आयोगले सो निर्देशन दिएको हो ।घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबजाइ प्रचारप्रसार गर्न निर्देशन दिएको हो । आयोग कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरूले उम्मेदवारहरूले घण्टी बजाउँदै...
काठमाडाै‍ँ । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ।नेपाल र भुटानबीचको खेल बुधवार दिउँसो सवा ४ बजे ढाकामा सुरु हुनेछ। नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ।नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० गोलले हराएको थियो।२ खेलबाट ६ अंक...
काठमााडौं । गीतकार, लेखक तथा फिल्म निर्देशक स्व. चेतन कार्कीको गीति एल्बम म चेतन मरणोपान्त सार्वजनिक गरिएको छ। नारायण ओलीको एकल संगीत रहेको एल्बम गीतकार कार्कीको ८४औँ जन्मजयन्तीको अवसर पारेर हालै राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।नृत्यासाधक भैरवबहादुर थापा, नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द थापा, चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष तथा अभिनेत्री मिथिला शर्मा, चेतन कार्कीको धर्मपत्नी गंगा कार्की, गायिका...
काठमााडौं । भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति २ बजेर १२ मिनेटमा गएको ६.६ रेक्टरस्केलको भूकम्पकका कारण पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् ।जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टका अनुसार उक्त भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ का ५० वर्षी...
भक्तपुर । मंसिर ४ गते हुने निर्वाचनकोलागि दलहरु घरदैलोमा व्यस्त छन् । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ को चाँगुनारायण नगरपालिकामा घरदैलो कार्यक्रममा नेकपा एमालेका उम्मेदवारहरु सक्रिय छन् । सो क्षेत्रका नं. क्षेत्रका उम्मेवार र नवराज गेलला र प्रदेशसभा तर्फका मोहनवीर श्रेष्ठ आफ्नो चुवावी प्रतिवद्धता पत्र लिएर जनताको घरघरमा पुगिरेका छन् । सो नगरपालिकाको वडा नं. १, २, र...