रौतहट । मधेश प्रदेशमा ट्राफिक प्रहरीले नियमविपरीत चल्ने सवारीसाधनमाथिको कारबाहीलाई तीव्रता दिएको छ। प्रदेशको आठ जिल्लामा ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनमाथि तीव्र रुपमा कारबाही सुरु गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताएका छन्।प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशनअनुसार गरिएको कारबाहीबाट मात्र ३ महिनामा २४ लाख १८ हजार राजस्व संकलन गरेको...
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले बढेको छ। यससँगै सूचक १९१९.१० विन्दुमा आएको छ।यो सेसनमा ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ९ कम्पनीको १०० कित्ता सेयर कारोबार भएको छ।कुल ९ वटा कारोबार भएको हो। कुल ८ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ।
उत्तरी इंग्ल्याण्डकाे भ्रमणमा रहेका राजा चार्ल्समाथि अण्डा प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। बुधबार राजा चार्ल्स र उनकी पत्नी क्यामिलामाथि अण्डा प्रहार भएकाे थियाे।सामाजिक सञ्जालमा भाइरल भएकाे फुटेजमा चारवटा अण्डा बेलायती राजा र उनकी श्रीमतीको छेउमा उडेको देखिएकाे छ। नाराबाजी गरिरहेका एक प्रदर्शनकारीलाई तान्न प्रहरी अधिकारीहरू हतारिएकाे फुटेजमा देखिन्छ।भीडमा रहेका अरूले ‘गड सेभ द किङ’ भनेर नारा लगाएका...
बागलुङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागी कारबाही हुने भएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचनामार्फत् चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रूपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ।आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ। जिल्लाभर रहेको दुई सय...
न्युयोर्क । फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ ।मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन् । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए ।‘मलाई थाहा छ यो सबैका लागि कठिन छ । म...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेका छन्।राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गरिन्। उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो।उक्त भेटमा आइसल्यान्डका प्रधानमन्त्रीले नेपालले महिला सहभागिताको क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको उल्लेख गर्दै महिला नेतृत्वको क्षमता विकास,...
पोखरा । गोरखाको सहिद लखन गाउँपालिकाले २७ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मनकामना मन्दिरमा गुठी पञ्चमीको विशेष पूजा हुने भएकाले सो दिन पालिकाले बिदा दिने निर्णय गरेको हो । मनकामनामा २७ कात्तिकमा विशेष मेला पनि लाग्छ ।गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार गुठी पञ्चमी त्यहाँका स्थानीयको विशष चाड हो । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका कार्यालय...
काठमाडौं । काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बसुन्धरामा बुधबार ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।पोखराका बेलबहादुर रानामगर र कल्पना रानामगरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता,...
बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२...
भक्तपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह समूहका स्वतन्त्र उम्मेदवारले आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर–२ मा प्रतिनिधि सभातर्फ लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका लोकेन्द्र पोखरेलले भक्तपुरमा मात्र नभई देशभर एमालेका उम्मेदवारलाई मंसीर ४ गतेको निर्वाचनमा मतदान गर्न लौरो अभियानका अभियन्ताहरुलाई...










