जिप दुर्घटना, एकको मृत्यु २ जना घाइते

25

सिमकोट । नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने २ जना यात्रु घाइते भएका छन्। सिमकोटबाट यारीका लागि गएको बा.१८ च १४१७ नम्बरको बोलेर जिप बिहान करिब ११ बजे दुर्घटना भएको हो।

प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार बुका पाल्बाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्युु र चालकसहित दुुई जना घाइते भएका छन्।

दुर्घटनामा परी मृत्युु हुनेमा नाम्खा गाउँपालिका– ५ यारी गाउँका २८ वर्षका कुुंगा तान्जेन लामा छन्। तामाङको घटनास्थलमै मृत्युु भएको हो। त्यसैगरी दुुई जना घाइते हुनेमा नाम्खा गाउँपालिका– ५ यारी गाउँका ३१ वर्षका जिग्मे तामाङ, चालक नाम्खा गाउँपालिका–१ को हेक्पा गाउँका २२ वर्षका कुन्जोक लामा छन्। चालक लामा सामान्य घाइते भएका छन्। स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ।

घाइते भए पनि चालक लामाले प्रहरी चौकी यारीलाई घटनाबारे जानकारी गरेपछि ६ जना प्रहरी उद्धारका लागि घटनास्थल पुुगेको प्रहरीले जनाएको छ।

घाइते दुुवै जनालाई हेलिकोप्टरबाट सदरमुुकाम सिमकोटमा उद्धार गर्ने तयारी गरिएको छ।