Thursday, October 1, 2026
Home अन्य कला चेतन कार्कीको एलबम सार्वजनिक

चेतन कार्कीको एलबम सार्वजनिक

103

काठमााडौं । गीतकार, लेखक तथा फिल्म निर्देशक स्व. चेतन कार्कीको गीति एल्बम म चेतन मरणोपान्त सार्वजनिक गरिएको छ। नारायण ओलीको एकल संगीत रहेको एल्बम गीतकार कार्कीको ८४औँ जन्मजयन्तीको अवसर पारेर हालै राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

नृत्यासाधक भैरवबहादुर थापा, नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द थापा, चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष तथा अभिनेत्री मिथिला शर्मा, चेतन कार्कीको धर्मपत्नी गंगा कार्की, गायिका कुन्ती मोक्तान ,म्युजिक नेपालका संस्थापक अध्यक्ष सन्तोष शर्मालगायतले संयुक्त रूपमा म चेतन सार्वजनिक गरेका हुन्।

कार्कीका नौ गीत संग्रहित एल्बममा नारायण ओली, दीप श्रेष्ठ, कुन्ती मोक्तान, अञ्जु पन्त, बानिका प्रधान, महेश सेवा, निशान भद्मराई, अस्मिता अधिकारी, रचना रिमाल र प्रवीण्ँ बेडवालको स्वर रहेको छ। म्युजिक नेपालले उत्पादन र सार्वजनिक गरेको एलबमका गीतको म्युजिक एरेन्ज शिलँबहादुर मोक्तान, फणिन्द्र राई र गोपाल रसाइलीले गरेका छन्।

कार्यक्रममा एल्बममा समावेश गायक दीप श्रेष्ठद्वारा स्वरबद्ध गीत विरहमाको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो। राजिव लोहनीद्वारा निर्देशित भिडियोमा कोशिस छेत्री र नम्रता सापकोटाको अभिनय रहेको छ भने रवि सायमीको छायांकन निर्देशन, भवानी शिल्पकारको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।

कार्कीको २०७८ जेठ २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो। जुन निदाउन थाले तारा निदाउन थाले, बैनीको दया छ भने रोदी घर दाइ नाचे नभने, बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो, माया पिरतीको चोखो कथा, कान्छी हे कान्छी, कलकल सलसल, लाज लाग्छ, सपनीमा देखे थिए, मोहनी आँखाजस्ता दर्जनौं कालजयी गीतका सर्जक कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भुमरीलगायतका फिल्म निर्देशन गरेका थिए।