सानिमा बैंक नयाँ शाखा सीतापाइलामा

70

काठमाडौँ । सानिमा बैंकले काठमाडौँको सितापाइलामा शाखा स्थापना गरेको छ। बैंकले कात्तिक २५ गतेदेखि सितापाइलाबाट सेवा सुरु गरेको हो।

उक्त शाखा कार्यालयको उद्घाटन संयुक्त रुपमासानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरेका छन्।

उद्घाटन समारोहमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने बताए।

बै‌क को देशका सातै प्रदेशमा १३० कार्यालयर १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन्।