काठमाडाैँ । अमेरिकाको एक नियामक निकायले सामाजिक सञ्जाल ट्विटरका गोपनीयता तथा गुनासो सुन्ने अधिकारीहरूले राजीनामा दिए पछिको अवस्थालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ।संघीय व्यापार कमिसन (एफटिसी)ले ट्विटरका नयाँ कार्यकारी प्रमुख इलन मस्क ‘कानुनभन्दा माथि’ नरहेको बताएको हो।कम्पनीका गोपनीयता तथा गुनासो सुन्नेसम्बन्धी तीन शीर्ष अधिकारीले छोडेपछिको अवस्थाबारे ‘गम्भीर चासोका साथ निगरानी’ गरिरहेको एफटिसीले जनाएको हो।विश्वका धनी व्यक्ति मस्कले ट्विटर किनेयता...
काठमाडाैँ । आगामी मंसिर ४ गतेबाट सुरु हुने विश्वकप फुटबलका लागि नेपालमा प्रसारण अधिकार लिएवापत शुल्क लिन नपाउने अन्तरकालीन आदेशविरुद्ध मिडिया हबले दिएको ‘भ्याकेट’ निवेदनको सुनुवाइका लागि शुक्रबारका पेशी तोकिएको छ।प्रकाशमान सिंह राउत र मनोज शर्माको इजालासमा भ्याकेट निवेदनको सुनुवाइ हुने पेशी तोकिए पनि आज सुनुवाइ हुने सम्भावना भने कमजोर रहेको छ।नेपालमा प्रसारण अधिकार लिएको मिडिया हबले फुटबल हेर्नका...
काठमाडौँ । अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय...
मुम्बई । ऋषभ शेट्टीको फिल्म ‘कान्तरा’ले बक्सअफिसमा धमाला मच्चाइरहेको छ । फिल्मले २७६ दशमलब ५६ करोडको कलेक्सन गरिरहँदा टिकट बिक्रीमा पनि नयाँ रेकर्ड कायम गरेको छ ।पौराणिक कथामा आधारित यो कन्नड फिल्मले कर्नाटकमा १ करोड टिकट बिक्रीको रेकर्ड राखेको हो । १६ करोड रुपैंयाँमा बनेको यो फिल्मले एक्लै कन्नड भर्सनमा ४१ दिनमा १५१ दशमलब ८० करोड रुपैंयाँको कमाई गरेको...
काठमाडौँ । साफ यु १५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा हुने खेल नेपाली समय अनुसार सवा चार बजे सुरु हुनेछ।तीन राष्ट्र सहभागी साफ च्याम्पियनसिपमा नेपाल एक्लो अपराजित टोली हो। अन्तिम खेलमा दिपा रोकायको कप्तानीमा रहेको नेपाल बंगलादेशलाई पराजित गर्दै च्याम्पियन हुने दाउमा छ। बंगलादेशविरुद्ध नेपाल जित या बराबरले...
काठमाडौँ । साताको कारोबारको अन्तिमदिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ हजार ३ सय रुपियाँले बढेर ९६ हजार ७ रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपियाँ रहेको छ ।यसैगरी आज...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ । चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो ।सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अभिनेत्री मनिषा कोइरालाले समेत सभामा सम्बोधन गर्ने कार्यक्रम छ । मनिषाले पनि...
काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आउँदो हप्ता हुने भेटवार्तामा ताइवान प्रमुख एजेण्डा बन्ने भएको छ। बाइडेन सन् २०२० मा अमेरिकी राष्ट्रपति बनेपछि सीसँग पहिलोपटक भौतिक रूपमा भेट हुन लागेको हो।विश्वका दुई महाशक्ति राष्ट्रबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला बहुप्रतीक्षित भेट हुन लागेको हो। बाइडेन र सीबीच विश्वका धनी देशहरुको समूह जी-२० सम्मेलनअन्तर्गत आउँदो सोमबार इन्डोनेसियाको...
काठमाडाैँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाएको सेयर बाँडफाँट गरी बिक्री नभएका आठ लाख छ हजार तीन सय ९० सहित कूल ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण सेयर...
काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताएका छन्। शुक्रबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घरदैलाै कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।उनले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरूलाई काठमाडाैँ १...










