एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिन्छन् : ओली

54

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका छन् ।

शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेलाई सिद्धयाउने षड्यन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका हुन् । उनले देश विकासका सन्दर्भमा गठबन्धनलाई बोकेको कांग्रेसलाई एक्लै चुनाव लड्न आउन चुनौति दिए ।

ओलीले एक्लै चुनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तर्क गरे । कांग्रेसले समाजवादको कुरा गरेपनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उनले अहिले ढोडको बैशाखी टेकेर हिँडेको समेत बताए ।

उनले विदेशी देख्नेबित्तिकै पुच्छर लुकाउनेबाहेकसँग तालमेल गर्न सकिन्छ भनेर जसपा र राप्रपासँग केही सीटमा तालमेल गरेको धारणा राखे  । अबको निर्वाचनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्न नसक्ने र  प्रचण्ड पनि आफैँ विस्तारै सकिँदै जाने तर्क गरे ।